नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार माध्यमहरुलाई युट्युव, फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जालबाट नहच्किन आग्रह गरेका छन् ।
अध्यक्ष ओलीले समाचारका स्रोतहरु टेलिभिजनसहितका सञ्चार माध्यमहरु नै भएकाले युटुव, फेसबुकलगायतका सामाजिक सञ्जालबाट हच्किन आवश्यक नरहेको अध्यक्ष ओलीको भनाई थियो । बुधबार बुटवलमा आयोजित लुम्विनी सामुदायिक टेलिभिजनको १७औं वार्षिक साधारण सभामा बोल्दै उनले सामाजिक सञ्जालहरुसँग नेटवर्किङ नहुने भएकाले पनि त्यसबाट ताजा र तत्काल ब्रेकिङ न्यूजको सम्भावना नरहेको तर्कसमेत गरे ।
उनले नयाँ–नयाँ प्रविधि भित्र्याउन र टिमवर्कमा काम गर्न पनि समाचार माध्यामहरुलाई सुझाव दिए । विश्वमा सञ्चारका नयाँनयाँ प्रविधिहरुको विकास भएकाले टेलिभिजनलगायतका सञ्चार माध्यामहरुले पनि त्यसको प्रयोग गर्दै अघि बढाउनुपर्ने उनले बताए ।
अध्यक्ष ओलीले २०४६ सालको परिवर्तनपछि नेपालका सञ्चार माध्यामहरुको विकासले गति लिएको पनि स्मरण गराए । त्यस अवसरमा उनले विश्वमा नै टेलिभिजन सञ्चार माध्यामको विकासको इतिहास लामो नभएको पनि उल्लेख गरेका थिए ।





























प्रतिक्रिया