बलियो बन्दै डलरः बजारमा यस्तो पर्छ प्रभाव

बलियो बन्दै डलरः बजारमा यस्तो पर्छ प्रभाव

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पछिल्लो समय अमेरिकी डलर बलियो बन्दै गइरहेको छ । नेपाल राष्ट्र बैंकले सोमबार एक अमेरिकी डलरको खरिद दर ११९ रुपैयाँ ४४ पैसा तथा बिक्रीदर १२० रुपैयाँ ०४ पैसा तोकेको छ । गत विहिबार डलरको खरिददर ११९ रुपैँयाँ ३२ पैसा थियो भने बिक्रिदर ११९ रुपैँयाँ ९२ पैसा थियो । गत विहिबारको तुलनामा आज सोमबार डलरको भाउ ०.१२ ले बढेको छ ।

चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमणका कारण डलरको भाउले नयाँ उचाई बनाइरहेको छ । कोरोना संक्रमणका कारण यतिबेला विश्वको अर्थतन्त्र नै शिथिल बन्दै गइरहेको छ । कोरोनाको संक्रमण देखिएसँगै लगानीकर्ताहरुले पनि डलरको माग बढाउन थालेपछि भाउ उकालो लागेको हो ।

यस्ता छन् डलर बढ्दाका फाइदा/बेफाइदा

नेपाल आयातमा भर पर्ने मुलुक हो । नेपालले दैनिक उपभोग्यदेखि औद्योगिक तथा मेशिनरी सामान विदेशबाटै आयात गर्दै आएको छ । डलरको भाउमा उतावचडाब हुने वित्तिकै त्यसको असर प्रत्यक्ष रुपमा नेपाली बजारमा पर्छ । डलरको मूल्य बढ्ने वित्तिकै काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आयमा वृद्धि हुन्छ । हाम्रो मुलुकको अर्थतन्त्र रेमिट्यान्समा टिकेको छ । त्यसैले हरेक पटक डलर बढ्दा नेपाल भित्रिने रेमिट्यान्समा वृद्धि हुन्छ । नेपाली निर्यातकर्तालाई फाइदा हुन्छ । उनीहरुले सामान निर्यात गरेर बढी डलर कमाउन सक्छन् । तर त्यसबाहेकका अघिकांश कुरामा नेपाललाई घाटा नै हुन्छ । नेपाल आयातमुखी भएकोले भुक्तानी गर्नु पर्दा डलरमै गर्नुपर्ने हुन्छ । डलर बढ्दा नेपालले बढी भुक्तानी गर्नुपर्ने हुन्छ । जसले व्यापार घाटालाई अझै बढाउँछ ।

डलरको मूल्य बढ्दा नेपाललाई जति फाइदा छ त्यो भन्दा बढी घाटा वेहोर्नुपर्ने हुन्छ । त्यस्तै, दैनिक उपभोग्यका सामानहरु र भारत तथा तेस्रो मुलुकबाट आयात गरिने मोबाइल, मोटर, लत्ता कपडा तथा इलेक्ट्रोनिक्सका सामानहरु महँगो पर्न जान्छन् ।

Skip This
Skip This
Logo