गृह मन्त्रालयको जिम्मेवारी नारायणकाजीलाई

गृह मन्त्रालयको जिम्मेवारी नारायणकाजीलाई

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयको जिम्मेवारी नारायणकाजी श्रेष्ठलाई दिने पक्का भएको छ। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले उपाध्यक्ष श्रेष्ठलाई गृह मन्त्रालयको जिम्मेवारी दिन लागेका छन्।

यस अगाडि श्रेष्ठले गृहमन्त्रालय लिने तयारी भएपनि रास्वपाका सभापति रवि लामिछाने गृहमन्त्री बनेपछि उनी उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका थिए।

आफूले चाहेको मन्त्रालय नपाएपछि सपथ ग्रहणपश्चात पनि केही दिन उनी मन्त्रालय गएका थिएनन्। श्रेष्ठले यस अगाडि नै गृहमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्। दलहरूबीच भएको सहमतिअनुसार गृह मन्त्रालय सरकारको नेतृत्व दल माओवादीले राख्ने सहमति भएको माओवादीका एक पदाधिकारीले जानकारी दिए। 

Logo