महिन्द्रा कम्पनीद्वारा उत्पादित विभिन्न मोडेलका सवारी नेपाली बजारमा बिक्री हुँदै आएको छ । कम्पनीले नेपाली बजारमा करिब तीन दशक अघिदेखि कार, पिकअप र एसयूभीका विभिन्न मोडेलहरु बिक्री वितरण गर्दै आएको छ ।
महिन्द्राको नेपालको लागि आधिकारीक वितरक अग्नि इन्कर्पोरेटेड प्रालिका अनुसार हाल बजारमा सिंगल क्याब र डबल क्याब पिकअप तथा एसयूभी टाइपका सवारी साधनहरु उपलब्ध छन् ।
सिंगल क्याब पिकअपको रुपमा महिन्द्रा बोलेरो म्याक्सी ट्रक र पिकअप जस्ता सवारी साधन उपलब्ध छन् भने डबल क्याब पिकअपको रुपमा महिन्द्रा बोलेरो र स्कोर्पियो छन् । सिंगल क्याबको बोलेरोको मूल्य २० लाख ३५ हजार देखि २६ लाख रुपैयाँ सम्म छ । साथै डबल क्याबका बोलेरो बजारमा ३१ लाख २० हजार सम्मका उपलब्ध छन् ।
नेपाली बजारमा ७, ८ र ९ सिटरमा महिन्द्रा स्कोर्पियो एसयूभी पनि उपलब्ध छन्, जसको मूल्य ५६ लाख ५० हजार देखि ७७ लाख रुपैयाँसम्म पर्ने कम्पनीले जनाएको छ । साथै एक्सयूभी ३०० को मूल्य ४२ लाख ९५ हजार देखि ६० लाख रुपैयाँसम्म छ भने हालै मात्र नेपाली बजारमा भित्रिएको एक्सयूभी ७००लाई ७४ लाख देखि १ करोड १० लाख रुपैयाँसम्म पर्ने बताइएको छ ।

अग्नि इन्कर्पोरेटेडको देशभर रहेका डीलर तथा शाखाहरुले केबल सवारी बिक्री गर्नेतर्फ मात्र केन्द्रित नभई ग्राहकमुखी सेवा चुस्त सर्भिस तथा स्पेयर पार्टहरुको सर्वसुलभतातर्फ विशेष ध्यान दिने गरेको दाबी छ । सर्वसुलभ तरिकाले ग्राहकहरुलाई स्पेयरपार्टहरु उपलब्ध गराउँदै आएको र स्पेयरपार्टमा कुनै समस्या नभएको र यसको कारण सेवाग्राहीले समस्या भोग्न नपरेको कम्पनीले जनाएको छ ।





























प्रतिक्रिया