काठमाडौं ।
नेपाली नारीहरुको महान् पर्व हरितालीका तीजको अवसर पारेर गायिका राधिका हमाल, बद्रि पंगेनी, गायिका जमुना राना र गायक राजेन्द्र भण्डारीको स्वरमा रहेको घरबेटी गीत सार्वजनिक भएको छ ।
कोरोनाले पारेको प्रभावलाई गीतमा समावेश गरिएको छ । डेरामा बस्ने आम सर्वसाधारणको पीडालाई गीतमा प्रस्तुत गरिएको छ । गीतमा राधिका हमालको शब्द र कृष्ण पुनको एरेन्ज छ ।
घरबेटी गीतमा दुर्गा पौडेलको छायाँकन, नविन घर्ति मगरको सम्पादन छ । भिडियोमा दुर्गा पौडेलको निर्देशन रहेको छ । गीतको भिडियोमा बविता बाँनिया , किशोर भण्डारी, सन्तोष खनाल , दिपासा विसी र सुयशा खनालको अभिनय देख्न सकिने छ । भिडियो :





























प्रतिक्रिया