आइएमई एजेन्टमार्फत नै अब अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्न सकिने

आइएमई एजेन्टमार्फत नै अब अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्न सकिने

केन्द्रबिन्दु
0
Shares

आइएमई लिमिटेड तथा आइएमई डिजिटल सोलुसनका साझेदारहरू (एजेन्टहरू)मार्फत अब हवाई यात्रुहरूले सजिलै अन्तर्राष्ट्रिय हवाई टिकट काट्न पाउने भएका छन्।

यस सेवामार्फत देशभरी रहेका आइएमईका हजारौँ साझेदारहरूसँग (एजेन्ट्स) यात्रुहरूले सुपथ मुल्यमा अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्न सक्नेछन्।साथै साझेदार मित्रहरूले आफ्नो 'आइएमई एजेन्ट पोर्टल' मार्फत नै अन्तर्राष्ट्रिय हवाई टिकटको मुल्य, उडानको तालिका हेर्न तथा तुलना गर्न सक्ने व्यवस्था मिलाइएको बताइएको छ।

यस सेवामार्फत समग्र पर्यटन उद्योगको विकास तथा प्रवर्द्धनमा टेवा पुग्ने विश्वास आइएमई ग्रुपको छ।

Skip This
Skip This
Logo