श्रम मन्त्रालयलाई प्रतिष्ठित बनाउँछु -नवनियुक्त मन्त्री भण्डारी

श्रम मन्त्रालयलाई प्रतिष्ठित बनाउँछु -नवनियुक्त मन्त्री भण्डारी

केन्द्रबिन्दु
0
Shares

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले मन्त्रालयलाई मर्यादित र प्रतिष्ठित बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् । 

सिंहदबारस्थित मन्त्रालयमा पदवहालीका क्रममा नवनियुक्त मन्त्री भण्डारीले स्वदेश मै रोजगार सिर्जना तथा वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सम्मानित बनाइने बताए । मुलुकको समृद्धिका लागि श्रम मन्त्रालयले योगदान गर्न सक्ने गरी मन्त्रालयलाई सञ्चालन गरिने बताए । 

अहिले मन्त्रालयले गरिरहेका सम्पूर्ण कामकारबाहीलाई पुनरावलोकन गरिने उनको भनाइ छ । 

नवनियुक्त मन्त्री भण्डारीले सीपयुक्त दक्ष जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाउन पहल गरिने बताए । उनले अभिमुखीकरण सेवा प्रदायक संस्थाका कामकारबाहीलाई थप प्रभावकारी बनाउन कार्यदल गठन गर्नेसम्बन्धी निर्णय गरेका छन् । 

Logo