ट्विटरले आजदेखि ब्लू टिक हटाउने

ट्विटरले आजदेखि ब्लू टिक हटाउने

केन्द्रबिन्दु
0
Shares

ट्विटरले अप्रिल १ (आज)देखि पुरानो प्रक्रियामार्फत प्रमाणित भएर प्राप्त गरेको सबै व्यक्ति एवं संघ-संस्थाको अकाउन्टको ब्लू टिकमार्क हटाउने भएको छ । ट्विटर खरिद गरेपछि गत डिसेम्बरमा कम्पनीका सीईओ एलन मस्कले भ्रष्ट र बेतुक तरिकाले दिइएको भन्दै पुरानो ब्लू टिकमार्क बन्द गर्ने भनेका थिए ।

यससँगै अब एन्ड्रोइड फोनका प्रयोगकर्ताहरूले प्रतिमहिना आठ अमेरिकी डलर तिर्नुपर्ने हुन्छ । आईओएसका प्रयोगकर्ताले भने एप स्टोरको मूल्यका कारण ११ अमेरिकी डलर तिरेर मात्रै ब्लू टिकमार्क प्राप्त गर्नसक्ने छन् ।

मस्कले कम्पनी खरिद गर्नुअघि ट्विटरले कुनै व्यक्ति वा संस्थाको सक्रिय र आधिकारिक अकाउन्ट हो भनेर पुष्टि गर्ने किसिमले निशुल्क रुपमा ट्विटरको ब्लू टिकमार्क उपलब्ध गराउँदै आएको थियो ।ब्लू टिकर्माक पाउनेहरूले ५० प्रतिशतभन्दा कम विज्ञापनहरू देख्ने, चार हजार शब्दसम्मको ट्विट लेख्न सक्ने, ट्विट इडिट गर्न सक्ने र लामो भिडियोहरू पोस्ट गर्नसक्ने लगायतका सुविधाहरू प्राप्त गर्ने ट्विटरले जनाएको छ ।

ट्विटरले अहिले किनेर प्राप्त गर्न सकिने ब्लू टिकमार्क विश्वव्यापी रुपमा नै उपलब्ध गराएको छ । ब्लु टिकमार्क प्राप्त गर्न अकाउन्टलाई कम्तिमा ९० दिन पुगेको हुनुपर्ने नयाँ नीति ट्विटरले ल्याएको छ ।

Logo