चालू आर्थिक वर्ष २०७९/८० को ८ महिनाको अवधिमा राइस कुकर आयातमा २७ करोड २४ लाख रुपैयाँ बाहिरिएको छ ।
भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार साउनदेखि फागुन महिनासम्ममा उक्त मूल्य बराबरको राइस कुकर आयात भएको हो।जसमध्ये चीनबाट सबैभन्दा धेरै २५ करोड ६६२ लाख रुपैयाँको राइस कुकर भित्रिएको छ ।
यसपछि, भारतबाट ८८ लाख ७३ हजार रुपैयाँको राइस कुकर भित्रिएको छ । यस्तै, थाइल्याण्डबाट २३ लाख ५४ हजार रुपैयाँको राइस कुकर भित्रिएको तथ्यांक छ ।
यसबाहेक बहराइन, ब्रुनाई, इटाली, जापान, कोरिया, कुवेत, ओमान, मलेसिया, साउदी अरेबिया, सिंगापुर र अमेरिका लगायतका देशबाट राइस कुकर आयात हुँदै आएको छ । यस अवधिमा २ लाख १७ हजार १८२ वटा राइस कुकर भित्रिएको छ भने ६ करोड ६३ लाख ६२ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।































प्रतिक्रिया