पछिल्लो समय प्रविधिमा आएको परिवर्तन र ग्राहकहरुको चाहनालाई मध्यनजर गरेर डिश मिडिया नेटवर्कले आइपी टिभीको सेवा शुभारम्भ गरेको छ ।
नेपालको पहिलो प्रिमियम आईपी टिभी डिएच, आइटिभी, डिटीएच र टीटु भन्दा फरक प्रविधी इन्टरनेट प्रोटोकल बेस भएको कारण यो आइपी टिभीमा लोकप्रिय क्रिकेट टुर्नामेन्ट आइपीएल एचडी क्वालिटीमा हेर्न सकिन्छ । यस्तै, अन्तर्राष्ट्रिय सिरिजहरु जस्तै कोरियन, पाकिस्तानी, इरानी, वुल्गेरियन आदी आफूले चाहेको समयमा हेर्न सकिने डिसहोमले जनाएको छ ।
लाईभ टिभीमा दैनिक विभिन्न स्र्पोटस्, सिरिज, मुभीहरु र रमाइलो टिभीमा एक्सक्लुसिभ सिरियलसंगै अन्य सेवा प्रदायकमा उपलव्ध नभएको च्यानल, नेपाली भाषामा लोकप्रिय कोरियन सिरिज जस्ता डिशहोमका एक्सक्लुसिभ च्यानलहरु लगायत २०० भन्दा वढि टिभी च्यानलहरु, ५ हजार घण्टा भन्दा वढि विभिन्न कन्टेन्टहरु, भिडियो अन डिमान्ड, क्याच अप, टिभि स्टाटृओभर, युट्युव, टिकटक लगायत अन्य विभिन्न एप तथा फिचर्सहरु उपलव्ध छ ।
इन्टरनेट प्रोटोकल नेटवर्क मार्फत टेलिभिजन सिग्नल प्राप्त हुने भएकोले यो सेवा लिनको लागि इन्टरनेट कनेक्सन हुन जरुरी हुन्छ । ग्राहकहरुले आफ्नो नजिकैको डिलर दाइकोमा वा हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गरेर डिएच फाइबरनेट जडान गरि नेपालको पहिलो प्रिमियम आईपी टिभी डिएच आइटिभीमा हेर्न सकिन्छ ।
ग्राहकहरुले डिटिएचमा अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय र उत्कृष्ट सेवा पाउने छन् भन्ने विश्वास लिएको कम्पनीले जनाएकाे छ ।































प्रतिक्रिया