अन्जन श्रेष्ठलाई वरिष्ठ उपाध्यक्षमा समर्थन गर्ने उद्योग वाणिज्य महासंघ गण्डकीको निर्णय

अन्जन श्रेष्ठलाई वरिष्ठ उपाध्यक्षमा समर्थन गर्ने उद्योग वाणिज्य महासंघ गण्डकीको निर्णय

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी अन्जन श्रेष्ठलाई जिताउन महासंघकाे गण्डकी प्रदेशले सर्वसम्मतरूपमा समर्थन गर्ने निर्णय गरेको छ।

पोखरामा बसेको प्रदेश समितिको बैठकले वरिष्ठ उपाध्यक्ष उम्मेदवार श्रेष्ठसहित प्रदेशबाट कार्यसमितिमा उम्मेदवारी दिने सम्पूर्ण उम्मेदवारलाई जिताउन सक्रिय भूमिका निर्वाह गर्ने सर्वसम्मत निर्णय गरेको हो ।

कार्यक्रममा सहभागी श्रेष्ठले सर्वसम्मत उम्मेदवार बनाएकोमा गण्डकी प्रदेशलाई धन्यवाद दिँदै आगामी दिनमा उद्योगीहरुको समस्या र चुनौतीहरुलाई समाधान गर्न आफू लागिपर्ने प्रतिबद्धता जनाएका थिए । 

यही चैत २८ र २९ गते आयोजना हुने नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ५७औं वार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गर्नेछ। 

Logo