टाटा नेक्सन ईभीद्वारा नयाँ कीर्तिमान कायम

टाटा नेक्सन ईभीद्वारा नयाँ कीर्तिमान कायम

केन्द्रबिन्दु
0
Shares

टाटाको इलेक्ट्रिक एसयूभी नेक्सनले एकपछि अर्को कीर्तिमानी रेकर्ड कायम गरेको छ । नेक्सन ईभीले काश्मीरदेखि कन्याकुमारीसम्मको यात्रा सबैभन्दा छोटो समयमा पूरा गरी नयाँ कीर्तिमान बनाएको हो ।

टाटा मोटर्सका अनुसार नेक्सन ईभीले सो सडकखण्डको यात्रा ४ दिनमा पूरा गरेको हो । सो यात्रामा नेक्सनले ९५ घण्टा ४६ मिनेटमा ४ हजार ३ किलोमिटरको दुरी पार गरेको थियो । 

यात्रामा नेक्सन ईभी चार्ज गर्नका लागि २१ वटा स्टप लगाइएको थियो । यात्रामा हरेक ७५ देखि १०० किमि बीचमा फास्ट चार्जिङ स्टेशन राखिएको थियो । कारले औसत ३ सय किलोमिटरको माइलेजमा यात्रा पूरा गरेको बताइएको छ ।

यसअघि टाटाको नेक्सन ईभीले सबैभन्दा बढी गाडी बिक्री गरेर रेकर्ड बनाएको थियो । 

Skip This
Skip This
Logo