एफएनसीसीआईलाई उद्योगमन्त्री रिजालले दिए स्टार्टअप नीति पारित गर्ने आश्वासन

एफएनसीसीआईलाई उद्योगमन्त्री रिजालले दिए स्टार्टअप नीति पारित गर्ने आश्वासन

केन्द्रबिन्दु
0
Shares

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा नेतृत्वको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । सोमवार मन्त्रालयमा बधाई भेटवार्ता भएको हो । 

सो अवसरमा अध्यक्ष गोल्छाले अर्थतन्त्र संकटोन्मुख हुंदा त्यसको प्रत्यक्ष प्रभाव उद्योग व्यवसायमा पर्न गएको बताए । अर्थतन्त्रमा अहिलेको संकट समाधानका लागि मन्त्रालयले ठोस पहल गर्नुपर्ने उनले बताए । 

अहिले बजारमा तरलता प्रवाह बढाउनुका साथै अन्य उपकरणको प्रयोग गरि ब्याजदर घटाउनु पर्ने सुझाव अध्यक्ष गोल्छाको थियो । बजारमा माग नहुदा उद्यम व्यवसाय आधा भन्दा कम क्षमतामा चलिरहेकोले बजारमा विश्वास बढाउनुपर्ने उनको राय थियो ।

अध्यक्ष गोल्छाले वाह्य लगानी ल्याउन दाताहरुसंग सम्मेलन गर्न पनि सुझाए । बजारमा उधारोको समस्या विकराल बन्दै गएको अवस्थामा उधारो उठाउने सम्बन्धि कानुन यथाशीघ्र ल्याउनु पर्नेमा उनले जोड दिए । उनले वहुप्रतिक्षित स्टार्टअप नीति तत्काल पारित गर्न पनि मन्त्री रिजाल समक्ष आग्रह गरे । 

साथै वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले उपलव्ध भएसम्मका सवै उपाय र उपकरण प्रयोग गरेर भएपनि बजारमा लगानी बढाउन र निजी क्षेत्रमा विश्वासको वातावरण बनाउने काममा सरकार लाग्नु पर्ने सुझाव राखे । 

महासंघ स्टार्ट अप तथा इनोभेसन समितिका सभापति रन्जित आचार्यले हालै जारी भएको स्टार्ट अप कर्जा कार्यविधिको प्रभावकारी कार्यान्वयनका लगि पनि नीति आवश्यक रहेको वताए । महासंघको भिजन पेपर राष्ट्रिय आर्थिक रुपान्तरण नेट २०३० कार्यान्वयन बारे महासंघ र मन्त्रालय बीचकोसमझदारीलाई अगाडी लैजाने कार्यमा सहयोग गर्न पनि उनले आग्रह गरे । 

सो अवसरमा उद्योगमन्त्री रिजालले महासंघकातर्फबाट राखिएका सुझावलाई कार्यान्वयन गर्न महासंघसंग नियमित सम्वाद र नजिकमा रहेर कार्य गर्ने विश्वास दिलाए । उनले स्टार्टप नीतिबारे सबैसंग सल्लाह गरि पारित गर्ने आश्वासन पनि दिए । 

मन्त्री रिजालले व्यवसायीको मनोबल बढाउन मन्त्रालयले निरन्तर सहयोग÷सहकार्य गर्ने विश्वास दिलाए । 

Skip This
Skip This
Logo