होन्डाले नयाँ वर्षका लागि ‘होन्डा चुज योर स्किम’ल्यायाे अफर

होन्डाले नयाँ वर्षका लागि ‘होन्डा चुज योर स्किम’ल्यायाे अफर

केन्द्रबिन्दु
0
Shares

होन्डाले नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले नयाँ वर्ष २०८० अन्तर्गत ‘होन्डा चुज योर स्किम’ अफर ल्याएको छ ।  यस अनुसार नयाँ वर्षको अवसरमा मोटरसाइकल वा स्कुटर किन्दा आफूलाई मन परेको स्किम रोज्न सकिने छ।

त्यसैगरी दुई वर्ष सम्म लिन सकिने ८ हजार रुपैयाँ बराबरको फ्रि स्पेयर पार्ट्स, इन्जिन आयल र सर्भिसिङ सहितको सुविधा वा १० हजार रुपैयाँ सम्म छुट हुने थप स्क्रयाच कार्ड वा १२ हजार ५ सय रुपैयाँ बराबरको ५ वर्ष सम्म वार्षिक मर्मत गर्न सकिने सुविधा मध्ये एक छनोट गरी अफर प्राप्त गर्न सकिने छ । होन्डाले पहिले देखि नै १ प्रतिशत ब्याजदरमा सहज फाइनान्सिङको सुविधा समेत उपलब्ध गराइरहेको छ।

Logo