को हुन् भुटानी रोनाल्डो ‘चेन्चो ग्याल्सेन’ ? कसरी जोडिए ‘ए’ डिभिजन लिगमा ?

को हुन् भुटानी रोनाल्डो ‘चेन्चो ग्याल्सेन’ ? कसरी जोडिए ‘ए’ डिभिजन लिगमा ?

केन्द्रबिन्दु
0
Shares

मछिन्द्र फुटबल क्लबले भुटानी रोनाल्डो ‘चेन्चो ग्याल्सेन’लाई अनुबन्ध गरेको छ । पछिल्लो दुई सिजन सहिद स्मारक ‘ए’ डिभिजन लिग जितेको मछिन्द्रले सोमबार भुटानका कप्तानसमेत रहेका चेन्चोलाई तीन महिनाका लागि अनुबन्धन गरेको हो ।

स्रोतका अनुसार चेन्चो लिगकै महँगा खेलाडीका रुपमा अनुबन्धन भएका हुन् । 

प्रधानमन्त्री थ्री नेसन्स कप खेल्न नेपाल आएका चेन्चो मछिन्द्रमा अनुबन्धपछि मछिन्द्रको अट्याकिङ बलियो बन्ने अपेक्षा गरिएको छ । स्रोतका अनुसार चेन्चो लिगकै महँगा खेलाडीका रुपमा अनुबन्धन भएका हुन् । 

भर्खरै सम्पन्न भारतीय आई–लिगमा राउन्डग्लास पन्जाब एफसी च्याम्पियन बन्दा चेन्चोले १२ खेलमा तीन गोल र पाँच असिस्ट गरेका थिए । चेन्चोले अहिलेसम्म दुई पटक आई लिग जितिसकेका छन् । उनी यसअघि सन् २०१७–१८ को सिजनमा मिनेर्भा पन्जाबबाट च्याम्पियन बनेका थिए । चेन्चो ग्याल्सेनको लोकप्रियता दक्षिण एशियाभर रहेको छ । भारतमा लामो समयदेखि शीर्ष डिभिजनको लिग खेल्दै आएका चेन्चोलाई भित्र्याउन मच्छिन्द्र सफल भएको हो ।  

सानै उमेरदेखि खेलकुदमा रुचि भएका चेन्चोले आफ्नो आइडल पोर्चुगिच स्टार क्रिस्टियानो रोनाल्डोलाई मान्छन् ।

भुटानी रोनाल्डोको नामले परिचित चेन्चो सन् १९९६ पारोमा जन्मेका थिए । सानै उमेरदेखि खेलकुदमा रुचि भएका चेन्चोले आफ्नो आइडल पोर्चुगिच स्टार क्रिस्टियानो रोनाल्डोलाई मान्छन् । भुटानीको राजधानी थिम्पुको यिड्जिन फुटबल क्लबबाट करियर सुरु गरेका चेन्चो सन् २०१५ सम्म घरेलु फुटबलमै व्यस्त रहे । त्यसपछि थाइल्यान्डको बुरिराम युनाइटेडसँग आबद्ध हुँदा उनी विदेशी लिग खेल्ने पहिलो भुटानी खेलाडी बनेका थिए । 

भुटानी राष्ट्रिय फुटबल टिमका कप्तान चेन्चो ग्याल्सेन नेपाली भूमिलाई ’लक्की’ ठान्छन् । किनभने उनले पहिलो अन्तर्राष्ट्रिय गोल नेपालविरूद्ध नै गरेका थिए । ८ वर्षपछि उनै चेन्चोकै कप्तानीमा भुटानले दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फुटबल फाइनलमा स्थान पक्का गरेको थियो । तर फाइनल खेलमा नेपालविरुद्ध २–१ गोलले हार ब्यहोर्दै भुटान उपविजेता बनेको थियो । फाइनलमा चेन्चोले नेपालविरुद्ध एक गोल पनि गरेका थिए । 

२६ वर्षीय चेन्चो भुटानी फुटबलका आइकन खेलाडी हुन् ।

सन् २०१५ मा थाइल्यान्डको बुरिराम युनाटेडको एकेडेमीमा एक महिना प्रशिक्षण लिएका चिन्चोको करिअरले विस्तारै गति लिन थाल्यो । २६ वर्षीय चेन्चो भुटानी फुटबलका आइकन खेलाडी हुन् । सात नम्बरको जर्सी लगाउने उनले भुटानका लागि ३२ खेल खेल्दै ११ गोल गरिसकेका छन् । सन् २०१७ मा घरेलु लिग क्लब थिम्पु सिटीका लागि १४ खेलमा २२ गोल गरेका चेन्चो सो वर्ष लिगकै उच्च गोलकर्ता बनेका थिए । सोही प्रदर्शनी कारण उनी वर्ष २०१७ मा आई–लिग क्लब मिनर्वा पञ्जावमा अनुबन्ध भएका थिए । त्यसयता उनी भारतीय क्लब फुटबलमै व्यस्त रहँदै आएका थिए । 

नेपालका कप्तान तथा उत्कृष्ट गोलकिपर किरण कुमार लिम्बु अर्थात किरण चेम्जुङसँगै दोस्रो श्रेणीको लिग जितेका चेन्चोले सन २०१८ मा बेंगलुरु फुटबल क्लबलाई इन्डियन सुपर लिग (आईएसएल) जिताएका थिए ।

भारत, भुटान, थाईल्याण्ड लगायतका देशहरुमा व्यवसायीक फुटबल खेलिसकेका २६ वर्षिय चेन्चो क्लबमा आवद्ध भएसँगै उपाधि रक्षा गर्ने मच्छिन्द्रको आसमा पुनरागमन भएको विश्वास गरिएको छ । 

गत सिजन लिग च्याम्पियन बन्दाका नायक सुनील बल र मनीष डाँगी र अनुभवी स्ट्राइकर सुजल श्रेष्ठ र डिफेन्डर रन्जित धिमाल केही दिनअघि मात्र बिदेसिएको र विमल घर्तीमगर पनि पूर्ण फिट नभएको अवस्थामा लिगमा मच्छिन्द्रको लय फितलो बनेको छ । यो अवस्थामा भारत, भुटान, थाईल्याण्ड लगायतका देशहरुमा व्यवसायीक फुटबल खेलिसकेका २६ वर्षिय चेन्चो क्लबमा आवद्ध भएसँगै उपाधि रक्षा गर्ने मच्छिन्द्रको आसमा पुनरागमन भएको विश्वास गरिएको छ ।

Skip This
Skip This
Logo