बैतडीको झुलाघाट नाकामा कोरोना परीक्षण गर्दा आज दुई जनामा कोरोना पुष्टि भएको छ। झुलाघाट नाकामा १३३ जनाको कोरोना परीक्षण गर्दा दुई जनामा कोरोना देखिएको हो।
बैतडीको मेलौली नगरपालिका वडा नं ४ का २३ वर्षीय पुरुष र बझाङ बुंगलका एकजना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपीन लेखकले जानकारी दिए।
पछिल्लो समयमा कोरोना संक्रमण बढ्दै गएकाले स्वास्थ्यका मापदण्ड अपनाउनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन्। यस्तै कोरोना विरुद्धको बुस्टर डोज लगाउने कार्य भइरहेकाले नजिकका स्वास्थ्य संस्थामा गएर खोप लगाउन समेत आग्रह गरिएको छ।





























प्रतिक्रिया