तेश्रो सहकारी महासम्मेलनको डिजिटल पार्टनरमा इन्फोडेभलपर्स

तेश्रो सहकारी महासम्मेलनको डिजिटल पार्टनरमा इन्फोडेभलपर्स

केन्द्रबिन्दु
0
Shares

सहकारीको दिगोपनका लागि स्वनियम तथा सुसासन भन्ने मूल नाराका साथ तेश्रो राष्ट्रिय सहकारी महासम्मेलन २०७९मा इन्फोडेभलोपर्स डिजिटल पार्टनर हुने भएको छ। 

महासम्मेलन आगामी चैत २३ गतेदेखि २५ गतेसम्म काठमाडौंको होटेल याक एण्ड यतिमा आयोजना हुँदैछ। यस महासम्मेलनमा ११ वटा विषयमा व्यापक छलफल हुनेछ। जसमा पूर्व अर्थमन्त्री, मन्त्रीहरु, पुर्व गभर्नर, सचिवहरुसहित अन्तराष्ट्रिय सहकारी विज्ञहरुको प्रस्तुति रहने छ। साथै, अस्ट्रेलिया, जापान, भारत लगायतका विज्ञहरुको पनि मुख्य प्रस्तुति रहनेछ ।

यस अघि सन् २०१८ अप्रिल ४-५ मा ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने थिमका साथ दोस्रो महासम्मेलन गरिएको थियो । महासम्मेलनले उत्पादन वृद्धि, रोजगारी सिर्जना र गरिवी न्यूनीकरणमा आफ्नो क्षेत्रको भूमिका बढाउनेलगायतका विषयहरु समेटेर १० बुँदे घोषणापत्र जारी गरेको थियो ।

महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा प्रत्येक ५ र ५ वर्षमा राष्ट्रिय सहकारी महासम्मेलन गर्दै आएको राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष मीनराज कँडेलले जानकारी दिए ।

महसम्मेलनका डिजिटल पार्टनर को रुपमा रहेको इन्फोडेभलोपर्सले सहकारी तथा लघुवित्तका लागि विभिन्न सफ्टवेयर प्रडक्ट र परियोजनामा काम गरिरहेको कम्पनी हो। यस कम्पनिले सहकारीहरूको लागि कोर बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, बजार प्रतिनिधिहरुले सहकारी र लघुवित्तका सदस्यहरु रहेको स्थानबाटै रकम जम्मा गर्न सक्ने सुविधाहरु दिँदै आएको छ।

Skip This
Skip This
Logo