महालक्ष्मी विकास बैंकले २९ चैतबाट ऋणपत्र निष्कासन गर्ने

महालक्ष्मी विकास बैंकले २९ चैतबाट ऋणपत्र निष्कासन गर्ने

केन्द्रबिन्दु
0
Shares

महालक्ष्मी विकास बैंकले चैत २९ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको हो । बैंकले १० लाख इकाई ऋणपत्र प्रतिइकाई १ हजार रुपैयाँको दरले जारी गर्न लागेको हो ।

यसमध्ये ६ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ। बाँकी ४ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ। उक्त सर्वसाधारणमा बाँडफाँड गरिने ऋणपत्रमध्ये २० हजार इकाई ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।

बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गर्नेछ भने यस ऋणपत्रमा २०८० वैशाख ४ गतेसम्म आवेदन दिन पाइनेछ। उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने २०८० वैशाख १३ गतेसम्म खुला रहनेछ।

महालक्ष्मी विकास बैंकले १० वर्ष अवधिको ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९’ जारी गर्न लागेको हो । बैंकका अनुसार यसमा वार्षिक ११ प्रतिशत ब्याजदर दिने छ। 

न्यूनतम २५ इकाईदेखि अधिकतम ४ लाख इकाईसम्म आवेदन दिन सकिनेछ। यसमा सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

Skip This
Skip This
Logo