सहरी विकास मन्त्रालयले काठमाडौं उपत्यकामा विशेष भवन निर्माण अन्तर्गत निर्माण भइरहेका विभिन्न चार आयोजनाको अवलोकन गरेको छ ।
सहरी विकास राज्य मन्त्री रामवीर मानन्धर सहितको टोलिले सिंहदरबार भित्र निर्माण भइरहेको संघीय संसद भवन, ललितपुरको सैंबु भैसेपाटीमा निर्माण भइरहेको राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधि सभाका उप-सभामुख, संघीय मन्त्रीहरुको आवास, र प्रदेश प्रमुख तथा मुख्य मन्त्रीहरुको सम्पर्क कार्यालय र ललितपुरकै गोदावारीमा निर्माण भइरहेको ३ हजार सिट क्षमताको सम्मेलन केन्द्र (सिटी हल) निर्माणको अवलोकन गरेको हो ।
अवलोकनपछि भवन निर्माणमा कोभिड १९ ले आंशिक प्रभाव पारेको भएपनि तोकिएको समय अवधि भित्रै निर्माण सम्पन्न हुने गरी काम भइराखेको राज्यमन्त्री मानन्धरले बताए । उनले सरकारका एतिहासिक कामहरुको नतिजा जनताले महसुस गर्ने गरि देखिने बेला भएको बताए ।































प्रतिक्रिया