संसदलाई कुरा होइन, काम गर्ने थलो बनाउनुपर्छः सांसद दाहाल

संसदलाई कुरा होइन, काम गर्ने थलो बनाउनुपर्छः सांसद दाहाल

केन्द्रबिन्दु
0
Shares

नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले पुराना नीति, योजना र कार्यक्रमहरुबाट राष्ट्रको नयाँ आवश्यकता पूरा गर्न नसकिने बताएका छन् । 

बिहीवारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद दाहालले पुरानो सोच, चिन्तन र दृष्टिकोणबाट देशको नयाँ आवश्यकता पूरा गर्न नसकिने बताएका हुन् । उनले पुराना नीति, योजना, कार्यक्रम र बजेटबाट नयाँ आवश्यकता पूरा नसकिने भन्दै त्यसमा नयाँपन खोज्नुपर्ने बताए । 

उनले संसद जनताको आवाज बोल्ने थलो मात्रै नभई जनताको अपेक्षा र राष्ट्रको आवश्यकता पूरा गर्ने थलो भएको पनि बताए ।

सांसद दाहालले सरकारको सय दिन प्रधानमन्त्रीले प्रतिवद्धता गरे अनुरुप नै चलेको बताए । जनताको दैनिकीसँग सम्बन्धित स–साना समस्या समाधान गर्न सरकार केन्द्रित रहेको उनको भनाई छ । त्यस्तै आर्थिक सूचकांकमा पनि सकारात्मक सुधार आएको उनले बताए ।

Logo