हुन्डाई आयोनिक ६ सन् २०२३ को ‘वर्ल्ड कार अफ द इयर’ घोषित

हुन्डाई आयोनिक ६ सन् २०२३ को ‘वर्ल्ड कार अफ द इयर’ घोषित

केन्द्रबिन्दु
0
Shares

हुन्डाईको विद्युतीय गाडी आयोनिक ६ ‘वर्ल्ड कार अफ द इयर’ घोषित भएकाे छ। 

न्युयोर्क अन्तर्राष्ट्रिय अटो शोमा आयोनिक ६ लाई सन् २०२३ को वर्ल्ड कार अफ द इयर घोषित गरिएको हो । यो अवार्ड हरेक वर्ष घोषणा गरिन्छ। गत वर्ष पनि हुन्डाईको आयोनिक ५ ले उक्त अवार्ड जितेको थियो।

सन् २०२२ मा पनि हुन्डाईको आयोनिक ५ ले यिनै तीन अवार्ड पाएको थियो। 

यसैबीच लुसिड एयरले २०२३ वर्ल्ड लक्जरी कार अवार्ड, किया इभी ६ जीटी २०२३ वर्ल्ड पर्फमेन्स कार अवार्ड जितेका छन्। यस्तै, सिट्रोन सी३ २०२३ वर्ल्ड अर्बन कार अवार्ड जितेको छ। प्रत्येक विजेतालाई गत महिना घोषणा गरिएको शीर्ष तीनको सूचीबाट छनोट गरिएको थियो।

सबै वर्ल्ड कार अफ द इयर २०२३ विजेताहरू ३२ देशका १०० अटोमोटिभ पत्रकारहरू सम्मिलित निर्णायकहरूले चयन गरेका थिए। अवार्डको लागि योग्न हुन कम्पनीले वार्षिक रूपमा कम्तीमा १० हजार गाडी उत्पादन गरेको हुनुपर्ने नियम उल्लेख गरिएको छ।

ती गाडीहरू चीन, युरोप, जापान, कोरिया, ल्याटिन अमेरिका र अमेरिकी बजारमा  बिक्रीको लागि उपलब्ध हुनुपर्ने समेत उल्लेख गरिएको छ। 

Skip This
Skip This
Logo