कार निर्माता कम्पनी बीवाईडीले सोडियम आयन ब्याट्री जडित इलेक्ट्रिक कार ल्याउने भएको छ । बीवाईडीको पहिलो सोडियम आयन ब्याट्रीबाट सञ्चालन हुने इलेक्ट्रिक कार सिगल अप्रिल १८ मा सार्वजनिक हुने भएको हो।
बीवाईडी सिगल ४ सिटर ५ डोर ह्याचब्याक हो । यो कार एलईडी हेडलाइटको साथमा स्पोर्टी देखिन्छ । यसको फ्रन्टमा बम्परको तल्लो भागमा ठूलो ट्रापेजोइडल एयर इन्टेक र बुटको ढक्कनमा स्पोइलर छ । यो डिजिटल इन्स्ट्रयुमेन्ट प्यानल र इन्फोटेनमेन्ट सिस्टमको लागि ठूलो टचस्क्रिनको साथ आउने कम्पनीले जनाएको छ ।
बीवाईडी सिगल ह्याचब्याक दुई भर्सन ५५ किलोवाट र ७५ किलोवाट इलेक्ट्रिक मोटरमा उपलब्ध हुनेछ। दुवै भर्सनमा रहेको समान ३८ किलोवाट बीवाईडी एलएफपी ब्याट्रीले सिंगल चार्जमा ४०५ किलोमिटर सीएलटीसी सर्टिफाइड रेञ्ज प्रदान गर्छ। दोस्रो सोडियम आयन ब्याट्री सानो ३० किलोवाट क्षमता छ र ३०५ किलोमिटर रेञ्ज प्रदान गर्छ। सोडियम आयन ब्याट्रीको चार्जिङ रेट स्लो हुनुका साथै ऊर्जा घनत्व पनि कम छ।
३.७ मिटर लामो यस इलेक्ट्रिक कारको मूल्य ११ हजार ६०० अमेरिकी डलर तोकिएको छ ।





























प्रतिक्रिया