अमेरिकन एक परिवारमा १३८ बर्षपछि बल्ल छोरीको जन्म

अमेरिकन एक परिवारमा १३८ बर्षपछि बल्ल छोरीको जन्म

केन्द्रबिन्दु
0
Shares

एक सय ३८ वर्षपछि परिवारमा छोरीको जन्माउने श्रीमान श्रीमतीको यो कथा सुनेर छक्क पर्नुहुनेछ ।

अमेरिकाकाे मिसगनमा एक दम्पतीले दुई साताअघि अड्रे नामक छोरीलाई परिवारमा स्वागत गरे। गुड मर्निङ अमेरिकाको एक रिपोर्ट अनुसार तिनीहरूका लागि नयाँ अध्याय अरु भन्दा फरक यसकारण यो थियो कि सन् १८८५ पछि उनीहरुको परिवारमा पहिलोपटक छोरी जन्मेकी थिइन । छोरी बाबु एन्ड्रयू क्लार्क भन्छन, ‘यो हामी सबैको लागि ठूलो आश्चर्य थियो।’

आमा, क्यारोलिन क्लार्कका अनुसार उनको श्रीमनाले दस वर्ष अघि पुर्खौ देखी परिवारमा छोरीको रुपमा कुनै सन्तान जन्म नभएको कुरा सुनाउँदा आश्चर्य लागेको थियो । जो उनलाई लामो समयसम्म पनि विश्वास लागेको थिएन ।

साे कुरा सुनेपछि क्यारोलिन श्रीमानका आमाबाबुलाई यो बारेमा सोधपुछ गरिन् । ‘ उनीहरूले मलाई भने हो, धेरै पुस्ता देखी हामीसँग छाेरीकाे रूपमा  सन्तानहरु छैनन् ।’ उनका अनुसार उनका ससुरा काकाहरुवाट छाेरीकाे जन्म भएको त थियो तर छाेरीका वंशमा पनि अब कुनै छाेरीहरू छैनन्। घरमा सधै पुरुष मात्रै सन्तानकाे रूपमा जन्मेका छन् । 

ती दम्पतीको २०२१ मा गर्भपात भएको थियो तर आश्चर्यजनक रुपमा सयौं बर्ष पछि उनीहरूको सम्पूर्ण परिवारको जीवनमा नसाेचेकाे थप खुशी ल्याउँछ भन्ने साेचेका पनि थिएनन् ।

क्लार्कले भनिन, ‘जब मैले थाहा पाएँ कि म पुन गर्भवती भएको छु, हामीलाई यो परबाह थिएन कि अब जन्मने सन्तान छोरा हुन्छ वा छोरी ? म गर्भवती भएकोमा नै कृतज्ञ थिएँ । स्वस्थ गर्भावस्था र स्वस्थ बच्चाको लागि प्रार्थना मात्रै गर्दै थिएँ।’

तर, गत वर्ष सेप्टेम्बरमा, ती दम्पतीले आफ्नो परिवारका सदस्यहरुलाई एक उत्सवको लागि निम्तो दिए, जहाँ उनीहरूले बच्चाको लिंग पत्ता लगाउन कुकीहरू खाएका थिए । अचम्मको कुरा, स्टफिंग गुलाबी थियो।

क्लार्कले गुड मर्निङ अमेरिकालाई भनिन, ‘हामीले यसलाई आफ्नै लागि पनि गोप्य राखेका थियौं । तर, म छक्क परें किनकी त्यो कुकीको केन्द्र, जहाँ वास्तवमा गुलाबी थियाे । त्यसैले यो हाम्रो लागि आश्चर्य थियो।’

नवजात आमाले सन्तानको आगमनले परिवारमा खुसीको लहर चलेको बताइन् । ‘हामी धेरै खुसी छौं कि उनी अन्ततः यहाँ हामीसँग छिन् र उनी स्वस्थ पनि छिन् र मेराे पनि प्रसवसँगै सबै कुरा राम्ररी बितेर गयो।’

Skip This
Skip This
Logo