होटल व्यवसायी महासङ्घ गण्डकी अध्यक्षमा अर्जुन चोखाल निर्वाचित

होटल व्यवसायी महासङ्घ गण्डकी अध्यक्षमा अर्जुन चोखाल निर्वाचित

केन्द्रबिन्दु
0
Shares

होटल व्यवसायी महासङ्घ, गण्डकी प्रदेशको अध्यक्षमा बागलुङका होटल व्यवसायी अर्जुन चोखाल सर्वसम्मत निर्वाचित भएका छन्। महासङ्घको शनिबार पोखरामा सम्पन्न प्रथम महाधिवेशनले चोखालको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति चयन भएको हो। 

समितिको वरिष्ठ उपाध्यक्षमा दुर्गा विलास भट्टराई, उपाध्यक्षमा हरिप्रसाद पाण्डेय, महिला उपाध्यक्षमा तुलसी ज्ञवाली, महासचिवमा देवेन्द्र लम्साल, उपमहासचिवमा बालकृष्ण न्यूरे, कोषाध्यक्षमा गोपाल पौडेल र सहसचिवमा प्रल्हादजङ्ग मरासिनी चुनिएका हुन् ।

सदस्यमा मीनाकुमारी श्रेष्ठ, गिरीबहादुर थापा, तालबहादुर कुँवर, कविता बस्नेत, गुनादेवी जुग्जाली क्षत्री, निलेश राजभण्डारी, जीवनकुमार पुन मगर, बुद्धिसागर पौडेल, इन्दुदेवी श्रेष्ठ, कञ्चन शर्मा बराल, निधीप्रसाद तिमिल्सिना, मोतीकृष्ण उपाध्याय, यमलाल सापकोटा, विदुर ढुङ्गाना, तिलकप्रसाद तिवारी र प्रेमप्रसाद न्यौपाने रहेका छन् । 

अध्यक्षबाट मनोनित हुने दुईसहित पाँच सदस्य पछि थपिने महासचिव लम्सालले बताए। नवनिर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ । महासङ्घ गण्डकी प्रदेशको तदर्थ समिति विसं २०७५ भदौमा गठन भएको थियो । 

महासङ्घमा गण्डकी प्रदेशका झण्डै आठ हजार होटल तथा रेष्टुराँ व्यवसायी सङ्गठित छन्। महाधिवेशनको शनिबार नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले उद्घाटन गरेका थिए । 

Skip This
Skip This
Logo