मुग्लिन पोखरा सडकको काम द्रुत गतिमा अगाडि बढ्छ -मन्त्री ज्वाला

मुग्लिन पोखरा सडकको काम द्रुत गतिमा अगाडि बढ्छ -मन्त्री ज्वाला

केन्द्रबिन्दु
0
Shares

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुग्लिन पोखरा सडक विस्तारको कामलाई दु्रतगतिमा अगाडि बढाइने बताएका छन् । 

मुग्लिन पोखरा सडक विस्तार आयोजनाको आज स्थलगत निरीक्षणपछि दमौलीमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री ज्वालाले सडक आयोजनाको काममा ढिलासुस्ती भएकाले यसलाई दु्रत गतिमा अगाडि बढाउनुपर्ने अवस्था रहेको बताए ।

गण्डकी प्रदेशको लाइफलाइनका रुपमा रहेको पृथ्वीराजमार्गको यो खण्डका केही ठाउँमा कामको गति अतिसुस्त रहेकाले त्यतातर्फ सरकारको तर्फबाट गर्नुपर्ने सबै काममा सहयोग हुने उनले बताए । 

“दुई खण्डमध्ये पश्चिमखण्ड (पोखरा–जामुने)को काम पछाडि परेको अनुगमनपश्चात् जानकारीमा आयो, केही ठाउँमा सामान्य काम बाहेक अन्य काम अगाडि बढ्न सकेको रहेनछ,” ज्वालाले भने, “सरकारका तर्फबाट अलिकति प्रयत्न गर्दा काम समयमै सकिनेतर्फ हामी गम्भीर छौँ ।”

राजमार्ग विस्तारका क्रममा के–के समस्या छन्, त्यस्ता समस्या समाधानका लागि सरकारले सहयोग गर्ने मन्त्री ज्वालाले बताए । उनले भने, “स्थलगत निरीक्षणपश्चात् जहाँ समस्या छ त्यहाँको समस्या समाधानका लागि सरकारको तर्फबाट पूर्ण सहयोग रहन्छ । छलफल गरेर समस्या पहिचान गरी समाधान गर्छौ ।”

सडकको काम समयमै सम्पन्न गर्नका लागि मन्त्रालयको तर्फबाट गर्नुपर्ने सबै काम गरिने बताउँदै मन्त्री ज्वालाले निर्माण कम्पनीलाई सहयोग र निर्देशन दुवै रहने बताए । 

Skip This
Skip This
Logo