एकल महिलाका सन्तानको जन्म दर्ता आमाकै थरबाट हुने

एकल महिलाका सन्तानको जन्म दर्ता आमाकै थरबाट हुने

केन्द्रबिन्दु
0
Shares

एकल महिलाबाट जन्म भएका बच्चाको जन्म दर्ता आमाकै थर र स्थायी ठेगानाबाट हुने भएको छ ।

राष्ट्रिय परिचय तथा पञ्जीकरण विभागले आइतबार सूचना जारी गरी एकल महिलाबाट जन्म भएको तर पितृत्वको ठेगान नलागेको बच्चाको जन्म दर्ता आमाको थर र स्थायी ठेगाना राखी जन्म दर्ता गर्न सकिने जनाएको हो ।

विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितद्वारा जारी आठ बुँदे परिपत्रमा विवाह अघि बच्चाको जन्म भएको एकल महिलाले विवाह गरी पतिको ठेगानामा सँगै बसेको अवस्थामा आमा सूचक भई बच्चा जन्मँदा कायम भएको आमाको थर राखी हालको स्थायी ठेगानामा जन्म दर्ता गरिदिन र यदि बच्चा मावलीमा बसेको भए सोही ठेगानामा जन्म दर्ता गरिदिन भनिएको छ ।

विगभाले लैंगिक भूमिकालाई उच्च सम्मान गर्दै नेपालको संविधानको धारा ३९ अनुसार संरक्षण गर्न प्रत्येक बालबालिकालाई आफ्नो पहिचानसहित नामकरण र जन्मदर्ताको हकका लागि उल्लिखित परिपत्रका सम्बन्धमा थप स्पष्ट गरिएको जनाएको छ ।

Skip This
Skip This
Logo