अब आइएमई पे बाट आइएमई लाईफको बीमा पोलिसी नविकरण गर्न सकिने

अब आइएमई पे बाट आइएमई लाईफको बीमा पोलिसी नविकरण गर्न सकिने

केन्द्रबिन्दु
0
Shares

आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे” ले प्रदान गर्ने बीमा सेवा भुक्तानी अन्तर्गत अब सेवाग्राहीहरुले सजिलै आइएमई लाईफ इन्स्योरेन्स कम्पनीको बीमा पोलिसी नविकरण गर्न सकिने भएको छ । 

सेवाग्राहीहरुले आइएमई पे एप डाउनलोड गरी आइएमई पे एप मार्फत “इन्स्योरेन्स” को पे प्रिमियममा गई “आइएमई लाईफ नविकरण” क्लिक गरि मागिएको विवरण प्रदान गरि केहि सेकेन्डमै आफ्नो पोलिसी नविकरण गर्न सक्नेछन् । 

उक्त सेवा ग्राहकहरुलाई भौतिक रुपमा बीमा कार्यालय जान नपर्ने र समयमै बीमा नविकरण गर्न प्रोत्साहान गर्ने उदेश्यका साथ उपलब्ध गरिएको कम्पनीले जनाएको छ । 

Skip This
Skip This
Logo