ओला इलेक्ट्रिक स्कुटरमा आयो म्युजिक अनुसार लाइट परिवर्तन हुने फिचर

ओला इलेक्ट्रिक स्कुटरमा आयो म्युजिक अनुसार लाइट परिवर्तन हुने फिचर

केन्द्रबिन्दु
0
Shares

ओला इलेक्ट्रिकले आफ्नो इलेक्ट्रिक स्कुटरमा म्युजिक अनुसार लाइट परिवर्तन हुने कन्सर्ट मोड फिचर ल्याएको छ ।

कम्पनीका सीईओ भाविश अग्रवालले सामाजिक सञ्जालमा यसको एउटा भिडियो सेयर गरेका छन् । नयाँ अपडेटमा, कम्पनीले आफ्नो नेभिगेसन सिस्टम पनि ल्याउन सक्नेछ । ओलाले इलेक्ट्रिक स्कुटरमा एडीएएस (एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम सेफ्टी फिचर) परीक्षण गरिरहेको छ ।

यसले कन्सर्टमा आएको जस्तो अनुभव दिने भएकाले यसलाई कन्सर्ट मोड नाम दिइएको छ ।  एडीएएसमा एडेप्टिभ क्रुज कन्ट्रोल, कोलिजन एभोइडेन्स, पेडेस्ट्रियन डिटेक्सन जस्ता फिचर हुनेछ । सो फिचर ठूला कारमा मात्र उपलब्ध हुने भए तापनि कम्पनीले आफ्नो टु ह्विल सवारी साधनमा जडान गर्ने प्रयास गरेको छ ।

Skip This
Skip This
Logo