कुमारी बैंकले वीरगन्जको द हवि अटोले धितोमा राखेको ११८ सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ ।
द हवि अटोका सञ्चालकलाई पटक–पटक कर्जा चुक्ता भुक्तान गर्न तोकता गरेपनि वास्ता नगरेपछि बैंकले धितो बिक्री गरेर ऋण असुल गर्ने तयारी गरेको हो ।
बैंकले शाखा कार्यालय वीरगन्ज र सिर्सिया, पर्साको धितोमा रहेको सवारीलाई जुन अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले १५ दिनभित्र आवेदन पेश गर्न आग्रह गरिएको छ । जसमा रितपूर्वतक प्राप्त बोलपत्र बैशाख ११ गते खोलिने बैंकले जनाएको छ ।





























प्रतिक्रिया