४२ टन चिनीसहित पश्चिम नवलपरासीमा दुई ट्रक सशस्त्रको नियन्त्रणमा

४२ टन चिनीसहित पश्चिम नवलपरासीमा दुई ट्रक सशस्त्रको नियन्त्रणमा

केन्द्रबिन्दु
0
Shares

सशस्त्र प्रहरीले पश्चिम नवलपरासीको बर्दघाटबाट प्रज्ञापनपत्रमा उल्लेख भए भन्दा बढी (करिब ४२ टन) चिनीसहित दुईवटा ट्रक नियन्त्रणमा लिएको छ । 

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाट खटिएको टोलीले चिनीसहितका ट्रक नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिएका ट्रकहरुमा नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको ना ६ ख ३८४१ नम्बरको ट्रक बर्दघाटस्थितबाट र लु २ ख ९० नम्बरको ट्रक बर्दघाटको चिसापानीस्थित गाडी ग्यारेजबाट नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएको चिनी र ट्रक आवश्यक अनुसन्धान कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जनाएका छन् । 

Logo