उद्योग बाणिज्य महासंघको साधारणसभा आजबाट

उद्योग बाणिज्य महासंघको साधारणसभा आजबाट

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा आजदेखि सुरु हुँदै छ । उद्योगी व्यवसायीहरुको छाता संस्था महासंघको ५७ औँ साधारणसभाले महासंघको नयाँ नेतृत्व चयन गर्नेछ । 

आजबाट सुरु हुने साधारणसभाले वरिष्ठ उपाध्यक्ष  चन्द्र ढकाल बिद्यानत स्वतः अध्यक्षमा चयन हुनेछन् भने नयाँ वरिष्ठ उपाध्यक्षलगायत सदस्य पदका लागि भने भोलीवाट निर्वाचन हुनेछ ।

वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र सांघाईले उम्मेदवारी दिने यस अघि नै घोषणा गरिसकेका छन । यसरी निर्वाचित हुने महासंघकाे बरिष्ठ उपाध्यक्ष अर्काे कार्यकालका लागि स्वतः अध्यक्ष हुनेछन् ।

साधारण सभाले महासंघको ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । जसअनुसार जिल्ला-नगर वाणिज्य, वस्तुगत र एसोसिएटमा एक-एक जना गरी तीन जना उपाध्यक्ष चयन गर्नेछ ।

यसैगरी, वस्तुगत संघबाट १४ जना, उद्योग वाणिज्य संघबाट १८ जना, एसोसिएट कार्यसमितिवाट १९ जना र जिल्लावाट ७ जना सदस्य केन्द्रिय कार्यसमितिमा नयाँ नेतृत्व आउनेछ ।

Skip This
Skip This
Logo