अर्थतन्त्रमा समस्या आउनुमा राज्यको पनि कमजोरी छ -अर्थमन्त्री महत

अर्थतन्त्रमा समस्या आउनुमा राज्यको पनि कमजोरी छ -अर्थमन्त्री महत

केन्द्रबिन्दु
0
Shares

समग्र अर्थतन्त्रमा राज्यको योगदान कम भएको अर्थमन्त्री डा.प्रकाशशरण महतले बताएका छन् । 

मंगलबार नेपाल उद्योग वाणिज्य महासंघ ५७ औँ वार्षिक साधारण सभामा बोल्दै उनले नीजि क्षेत्रले नै अर्थतन्त्र चलायमन बनाउने गरेको र राज्यले सहज वातावरण मिलाउन आवश्यक रहेको बताएका हुन् । उनले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्ने बताए । उनले भने, “चालुखर्च घटाएर पुँजीगत खर्चलाई प्रभावकारी बनाउन आवश्यक रहेको छ ।” 

अर्थतन्त्रमा समस्या आउनुमा हाम्रो पनि कमजोरी रहेको भन्दै सरकारको भूमिका प्रभावकारी हुनुपर्ने बताए । “नीजि क्षेत्रलाई चलायमन बनाउन लगानी योग्य बाताबरण सहज बनाउने छौँ, उनले भने, सरकार र नीजि क्षेत्र हातेमालो गरेर अघि बढ्न पर्छ ।” 

उनले बैंकबाट ऋण लिएर नतिर्ने भन्न बमिल्ने बताएका छन् । उनले भनेका छन्,  “ऋण लिएपछि नतिर्ने भन्ने हुँदैन् । बजार मन्दीमा भएको कारण सहुलियत लिन सकिन्छ, ऋण तिर्ने समय अवधि थप गर्न सकिन्छ, ऋण मिनाहा हुुँदैन् ।”

Skip This
Skip This
Logo