एमालेसँग सहमति गरेर मात्रै सरकारले विधेयकहरु अघि बढाउँछ -प्रधानमन्त्री प्रचण्ड

एमालेसँग सहमति गरेर मात्रै सरकारले विधेयकहरु अघि बढाउँछ -प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सकेसम्म प्रमुख प्रतिपक्ष एमालेसहितका दलहरुसँग सहमती गरेर मात्रै सरकारले विधेयकहरु अघि बढाउने बताएका छन् । 

माओवादी केन्द्र संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री प्रचण्डले सबै विधेयकहरु प्रमुख प्रतिपक्ष एमालेसहितका दलहरुको सहमतिमै अगाडि बढाउनुपर्ने अहिलेको आवश्यक्ता भएको उल्लेख गर्दै त्यसैमा जोड दिएर अघि बढन पार्टीका सांसदहरुलाई पनि निर्देशन दिए । मंगलबार सिंहदरबारमा आयोजित पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले विधेयकहरु अघि बढाउँदा सकैसम्म सबै दलहरुसँग सहमती  गर्ने र त्यसो हुन नसकेपनि प्रक्रियामा सहमति गरेर अघि बढन पार्टीका सांसदहरुलाई सचेतसमेत गरे । 

प्रधानमन्त्री प्रचण्डले संसदमा प्रस्तुत विधेयकहरुको संशोधनमा सत्तापक्षको तर्फबाट भूमिका निर्वाह गर्न नभुल्न पनि पार्टीका सांसदहरुले आग्रह गरे । उनले प्रमुख प्रतिपक्षसहितका सबै दलहरुको सहमतीमा विधेयकहरु अघि बढाउनका लागि भूमिका निर्वाह गर्न सांसदहरुलाई निर्देशित गरेको पार्टीका प्रमुख सचेतक हितराज पाण्डले जानकारी दिए । 

बैठकमा प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे सुझाव दिन पनि पार्टीका सांसदहरुलाई सचेत गराएका थिए । 

Skip This
Skip This
Logo