‘सर्वोच्चको फैसलाले न्याय मरेको अनुभूति भयो’ : सांसद चौधरी

‘सर्वोच्चको फैसलाले न्याय मरेको अनुभूति भयो’ : सांसद चौधरी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद शान्ता चौधरीले पूर्वडिआईजी रञ्जन कोइरालालाई छुट दिने सर्वोच्चको निर्णयले आम जनतामा अदालत प्रतिको विश्वासमा आघात पुगेको बताएकी छिन् ।

सामाजिक सञ्जालमार्फत चौधरीले आफ्नै श्रीमतीको क्रुरतापूर्व हत्या गर्ने हत्यारालाई छुट दिने सर्वोच्चको निर्णयले आम जनतामा न्याय मरेको अनुभूति भएको बताएकी हुन् ।

उनले लेखेकी छिन्

आफ्नो श्रीमतीको हत्या गर्ने हत्यारालाई जेल सजायँ छुट दिने सर्बोच्च अदालतको निर्णयले अपराधीहरुको मनोबल बढने भयो आम जनताको अदालत प्रतिको विश्वासमा आघात पुगेको छ । जनतालाई न्याय मरेको अनुभूति भएको छ । यो बिषयमा तत्काल छानबिन गरि सत्य तथ्य बाहिर ल्याई दोषीलाई उचित कारबाही गर्नुपर्छ, न्याय मर्न दिनु हुँदैन ।

उनले न्यायलाई मार्न नहुने भन्दै यस बिषयमा तत्काल छानबिन गरि दोषीलाई कडा कारबाही गर्न समेत माग गरेकी छिन् ।

Skip This
Skip This
Logo