आईएमएस लिटल स्माइल्सले नयाँ वर्षमा ल्यायाे नयाँ अफर

आईएमएस लिटल स्माइल्सले नयाँ वर्षमा ल्यायाे नयाँ अफर

केन्द्रबिन्दु
0
Shares

आईएमएस लिटल स्माइल्स नेपालको पहिलो र प्रिमियम बेबी र किड्स मल्टी ब्रान्ड शोरूमले नयाँ वर्ष र आमाको मुख हेर्ने दिनको अवसरमा आकर्षक अफर सार्वजनिक गरेको छ । 

‘नयाँ वर्षमा स्माइल्स’नामक यस अफरअन्तर्गत ग्राकहहरुले डा. ब्राउन्स्, क्रेन, क्रेन वेवी, पराकिटो, बीबीलुभ, हिमालय बेबी र अन्य धेरै अन्तर्राष्ट्रिय र राष्ट्रिय बेबी ब्रान्डका सामान खरिदमा २० प्रतिशतसम्म छुट पाउनेछन् । साथै यस अन्तरालमा ग्राहकहरुले शोप्पिंग गरि ३ जना भाग्यशाली ग्राहकहरुले मिस नेपाल र सेलिब्रेटी मोम जेनिशा मोक्तानसँग अक्वा बाई कर्मामा लन्च गर्ने मौका पाउनेछन् । 

त्यसैगरी २ जना भाग्यशाली ग्राहकहरूले इन्स्टाग्राम र फेसबुक मार्फत गिफ्ट कार्डहरू जित्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकहरूले स्मार्ट डोकोमार्फत अनलाइन खरिद गरि यो अफरको लाभ उठाउन सक्नेछन् । यो अफर अप्रिल १४ देखि २३ अप्रिल २०२३ सम्म मान्य हुने छ।

नेपालको पहिलो र प्रिमियम बेबी र किड्स मल्टी ब्रान्ड शोरूम, आईएमएस लिटल स्माइल्स दरबारमार्गस्थित दरबार मल र कमलपोखरीस्थित सिटी सेन्टरमा अवस्थित छ । 

Skip This
Skip This
Logo