ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्ने लगानी बोर्डको निर्णय

ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्ने लगानी बोर्डको निर्णय

केन्द्रबिन्दु
0
Shares

लगानी बोर्डले ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्ने निर्णय गरेको छ । 

बिहीवार लगानी बोर्डको कार्यालयमा बसेको बैठकले ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बोर्डको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले बैठकले जलविद्युत आयोजनाहरुको काम तत्काल अघि बढाउने निर्णय गरेको बताए । 

उनले तल्लो अरुण, अप्पर मस्र्याङ्दी, दुधकोशी २ लगायतका जलविद्युत आयोजनाहरुलाई अघि बढाउने निर्णय गरेको बताए । उनले बैठकमा  सिमेन्टमा लगानी भएका आयोजना पनि उत्पादन गर्ने तहमा पुगेको बारेमा पनि छलफल भएको बताए । 

अर्थमन्त्री महतले रसायनिक मलको विषयमा विस्तृत अध्ययन गर्न दुई वैदेशिक लगानी कर्ताहरुलाई अनुमति दिने प्रक्रिया अघि बढाउने निर्णय भएको बता । उनले ठूला आयोजनालाई अघि बढाउने र आगामी दिनमा लगानी बोर्डको क्षमतालाई वृद्धि गर्ने र प्राविधिक क्षमता लगायत सबै क्षमता वृद्धि गरी भविष्यमा थप लगानीको परिवेश देशमा निर्माण गर्ने कुरामा बैठकमा विशेष छलफल भएको बताए । 

लगानी बोर्डका उपाध्यक्षसमेत रहेका अर्थमन्त्री महतले इन्भेष्टमेण्ट समिट गर्ने बारेमा पनि बैठकमा छलफल भएको बताए । उनले स्वदेशी र विदेशी लगानीकर्ताले कुनै समस्या बिना चाँडो भन्दा चाँडो नेपालमा लगानी गर्न सकुन् र लगानीमार्फत आर्थिक समृद्धि हुन सकोस् भन्नेकुरा बैठकमा छलफल भएको बताए । 

Logo