महासंघको निर्वाचनलाई फोहोरी नबनाउन अञ्जनलाई समर्थन गरेँः उमेशलाल श्रेष्ठ

महासंघको निर्वाचनलाई फोहोरी नबनाउन अञ्जनलाई समर्थन गरेँः उमेशलाल श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवार रहेका व्यवसायी उमेशलाल श्रेष्ठले महासंघको चुनावलाई थप फोहोरी नबनाउन अञ्जन श्रेष्ठलाई समर्थन गरेको बताएका छन् । 

बिहीवार वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठलाई समर्थन गर्दै उमेशलालले यस्तो बताएका हुन् । उनले महासंघको चुनावलाई थप फोहोरी नबनाउन दोस्रो चरणको निर्वाचनमा नजाने निर्णयमा पुगेको बताए । 

उनले दोस्रो चरणको निर्वाचनमा आफूले र अञ्जनले पनि ४/५ करोड खर्च गर्न सक्ने अवस्थामा भएपनि चुनावलाई फोहोरी नबनाउन आफूले अञ्जनलाई समर्थन गरेको बताए ।

साथै श्रेष्ठले महासंघको निर्वाचन पद्धती खराब भएको बताए । उनले महासंघको विधानलाई पुनः लेखन गर्नुपर्ने बताए । उनले आफू बाचुन्जेल महासंघमा नै रहने बताए । महासंघको नेयाँ नेतृत्वले वैशाख २ गतेबाट महासंघलाई सबैको बनाउन उनले सुझाव दिए । 

उनले महासंघका निर्वाचित नेतृत्व आगामी दिनमा एक भएर काम गर्न आवश्यक रहेको बताए । उनले महासंघको सदस्यता वितरणमा कडाइ गर्नुपर्ने बताए । 

Skip This
Skip This
Logo