नयाँ वर्ष २०८० सालको अवसरमा अटो कम्पनीहरुले आकर्षक अफरहरु सार्वजनिक गरेका छन् । नयाँ वर्ष र चाडपर्वका समयमा गाडीको बिक्री बढी हुने भएकाले कम्पनीहरुले ग्राहक तान्न विभिन्न अफर सार्वजनिक गरेका हुन् ।
कुन गाडीमा कस्तो अफर ?
१.टीभीएसः
टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्षको अवसरमा आकर्षक अफर सार्वजनिक गरेको छ । ‘स्टार्ट योर जर्नी विथ टीभीएस’ नाम दिइएको अफरअन्तर्गत ग्राहकले टीभीएसको जुनसुकै मोटरसाइक तथा स्कुटर खरिद गर्दा नगद छुट, हेल्मेट उपहार, शून्य प्रतिशत व्याजदरको सुविधा र एक्सचेञ्जमा अतिरिक्त मूल्यांकन पाउने कम्पनीले जनाएको छ ।
मोटरसाइकलमा ८ हजार र स्कुटरमा ७ हजार रुपैयाँसम्मको नगद छुट रहेको छ भने ५ हजार रुपैयाँ मूल्य पर्ने हेल्मेट ग्राहकले निशुल्क पाइने कम्पनीले जनाएको छ । यसका साथै, फाइनान्स सुविधामा वाइक खरिद गर्न चाहने ग्राहकले शून्य प्रतिशत व्याजदरको सुविधा पाउने छन् ।
त्यसैगरी ग्राहकले आफूसँग भएको जुनसुकै पुरानो मोटरसाइकल तथा स्कुटरसँग टीभीएसको नयाँ मोटरसाइकल र स्कुटर एक्सचेन्ज गर्दा बजार मूल्यांकनमा अतिरिक्त १० हजार रुपैयाँ थप हुने व्यवस्था मिलाइएको छ ।
२.यामाहा
यामाहा मोटरसाकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्ल्यु इन्टरप्राइजेजले नयाँ वर्ष २०८० को अवसरमा ‘पावर अफ फाइभ वीथ यामाहा’ नामक अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत ग्राहकहरुले बाइक खरिद गर्नुअघि, गरिसकेपछि र रेफरल कोड सेयर गर्दा क्यासब्याक र विभिन्न उपहारहरु पाउने कम्पनीले जनाएको छ । जसमा ग्राहकले खरिदका क्रममा ५० हजार रुपैयाँसम्म क्यासब्याक पाउनेछन् भने खरिद गरेपछि वाइल्ड कार्डमार्फत अर्को १ लाख रुपैयाँसम्म क्यासब्याक पाउन सक्ने कम्पनीको भनाइ छ ।
यसका साथै बाइक लिने ग्राहकलाई कम्पनीले एउटा रिफरल कोड उपलब्ध गराउनेछ । सो कोडलाई सेयर गरी हरेक हप्ता एकजना भाग्यशाली विजेताले आईफोन १४, एप्पल वाच र एप्पलकै एयर पड उपहार पाउन सक्नेछन् ।
३.आइमा इलेक्ट्रिक स्कुटरः
आइमा इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारीक वितरक कम्पनीले नयाँ वर्षको अवसरमा ‘नयाँ बर्षको बहार आइमामा उपहार’ नामक अफर ल्याएको छ । यस अफरअन्तर्गत आइमाका विभिन्न मोडलका स्कुटरको खरिदमा २५ हजार रुपैयाँसम्मको बम्पर छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यसमा ग्राहकहरूले १ लाख ८४ हजार मूल्यको टाइगर एस ३ मोडल खरिद गर्दा २४ हजार र ३ लाख ३३ हजार मूल्यको टाइगर एस ६११ खरिद गर्दा २५ हजार रुपैयाँ छुट प्राप्त गर्ने कम्पनीको भनाई छ ।
साथै, ग्राहकहरूले आइमाको हरेक स्कुटरको खरिदमा एउटा हेलमेट सित्तैमा उपहार पनि पाउन सक्ने कम्पनीले जानकारी दिएको छ । चालु आर्थिक वर्षको कर समेत आइमाको बिक्रीकर्ताले नै भुक्तान गरिदिनेछ भने ईएमआई फाइनान्सिङ र एक्सचेन्जको सुविधालाई समेत यथावत राखिएको कम्पनीको भनाई छ । त्यस्तै, अन्य कम्पनीका पेट्रोल वा विद्युतबाट चल्ने पुराना बाइक तथा स्कुटर आइमा बिक्रेताको शोरुमबाट साटेर नयाँ आइमा स्कुटर खरिद गर्न सकिने सुविधासमेत उपलब्ध गराइएको छ । यो बम्पर अफर आगामी २०८० बैशाख ३१ गते सम्म लागु हुने कम्पनीले जनाएको छ ।
४.कोमाकी
कोमाकी ईभीको नेपालका लागि आधिकारिक वितरक युनिटी ट्रेडिङ कन्सर्नले नयाँ वर्षको अफर सार्वजनिक गरेको छ ।
कम्पनीले नयाँ वर्ष २०८० को अवसर पारेर ‘उमेरको आधा अफर–उमेरको आधा जति, पाउनुहोस् हजारमा डिस्काउन्ट त्यति’ अफर ल्याएको हो । सो अफर अन्तर्गत कुनै पनि कोमाकी ईभीको खरिदमा आफ्नो उमेर भन्दा ठ्याक्कै आधा जति, त्यति नै हजार बराबरको डिस्काउन्ट पाइने छ । ग्राहकले २० हजार रुपैयाँ फ्ल्याट डिस्काउन्ट पनि लिन सक्ने छन् ।
यो वाहेक पुरानो कुनै पनि ब्रान्डको मोटरसाइकल वा स्कुटरसँग नयाँ कोमाकी मोटरसाइकल वा स्कुटर एक्सचेञ्ज गर्न पनि सकिने छ । त्यसैगरी कोमाकी ईभी लिदा ४० प्रतिशत डाउन पेमेन्ट गरी बाँकी ६० प्रतिशत रकमलाई २ वर्ष सम्म किस्ताबन्दीमा समेत तिर्न सकिने सुविधा समेत उपलब्ध छ । कोमाकीको उक्त अफर आगामी बैशाख समान्तसम्म कायम रहने कम्पनीले जनाएको छ ।
५.ग्रेटवाल मोटर
ग्रेटवाल मोटर (जीडब्ल्युएम) गाडीको नेपालका लागि आधिकारिक बिक्रेता भीजी इम्पेक्स प्रालिले नयाँ वर्षको अवसरमा ‘हर्षमय नव वर्ष २०८०’ अफर ल्याएको छ । यस अफरअन्तर्गत ग्राहकले जीडब्ल्युएमका सबै मोडलका गाडीहरूको खरीदमा ५ लाख बराबरको फाइदा उठाउन सक्नेछन् । जसमा आकर्षक नगद छुटका साथै स्पेशल सेलिब्रेशन डिस्काउन्ट र अन्य आकर्षक अफरहरू पाउन सकिनेछ ।
साथै, ग्राहकले हरेक जीडब्ल्युएम गाडीको खरिदमा निःशुल्क एसेसरिज, ५ वर्षको वारेन्टी, स्पट भ्यालुएसन, एक्सचेन्ज बोनस र ३ वर्षको निःशुल्क सर्भिसिङ सुविधा पाउने कम्पनीले जनाएको छ ।
६.क्रसफायर
क्रसफायर र ईटालीका मोटो मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक क्लासीक ह्विल्स एक्सपोर्ट एण्ड ईम्पोर्ट प्रालिले नयाँ वर्ष अफर ल्याएको छ । सो अफर अन्तर्गत यी दुई व्रान्डका मोटरसाइकल खरिद गर्ने ग्राहकले शून्य प्रतिशत व्याजदर देखी नगद छुटसम्म र लक्की ड्रमा भाग्यशाली विजेताले माउन्टेन फ्लाइटको टिकट पाउनेछन् ।
क्रसफायरको एचजे २५० र ट्रेकर २५० मोटरसाइकल खरिद गर्दा स्क्र्याच कार्डमार्फत २५ हजारसम्म छुट पाउन सक्ने कम्पनीले जनाएको छ । यसैगरी एसेसोरिज, राइड कुपन र विभिन्न प्रकारका मर्चेन्डाईज समेत पाउन सकिनेछ । ईटालीका मोटोको स्टालीयन २५० र नभडा २५० मोटरसाइकलमा २५ हजार रुपैयाँ छुट तथा फर्मूला १५० स्कुटरमा १५ हजार छुट पाउन सकिने कम्पनीको भनाई छ ।
फाइनान्स सुविधामा वाइक खरिद गर्दा ५ लाख रुपैयाभन्दा वढी मूल्य पर्ने मोडलमा ६० प्रतिशत डाउनपेन्ट गरेपछि बाँकी हुन आउने रकमलाई ग्राहकले शून्य प्रतिशत व्यादरमा १२ महिनाको किस्तावन्दी सुबिधा लिन सक्नेछन । १८ महिनाको किस्तावन्दीमा भने ४ दशमलव ९९ प्रतिशत व्याज लाग्ने जनाइएको छ ।
यसैगरी, ५ लाख भन्दा कम मूल्य पर्ने वाइकको हकमा भने कम्पनीले ५० प्रतिशत डाउनपेमेन्टको सुविधा दिएको छ । यसमा पनि १२ महिनाको किस्तावन्दीमा भुक्तानी गर्दा शून्य प्रतिशत व्याज लाग्छ भने १८ महिनाको किस्तावन्दिमा ४.९९ प्रतिशत व्याज तीर्नुपर्ने हुन्छ ।
एक्सचेन्जको सुविधा लिएर वाइक खरिद गर्न चाहने ग्राहकलाई कम्पनीले मोटरसाइकलमा ३० हजार र स्कुटरमा २० हजार अतिरिक्त मूल्यांकन दिने जनाएको छ । वम्पर पुरस्कारमा एकजना भाग्यशाली विजेताले निशुल्क एड्भेन्चर राइड टिकट र माउन्टेन फ्लाइट टिकट पाउनेछन् ।
७. होन्डा
नेपालका लागि होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालि अन्तर्गत होन्डा कारले नयाँ वर्ष २०८० को उपलक्ष्यमा नगद छुट तथा अन्य सुबिधा सहित स्किम सार्वजनिक गरेको छ । चैत २६ गते बाट लागु गरिएको सो अफर आगामी २०८० बैशाख ३१ गते सम्मका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ ।
८. टारो
टारो ब्रान्डका मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक ओम मोटोकर्प प्रालिले ‘टारोसँग अब माउन्टेन फ्लाइट, हरेक टारो बाइक र स्कुटर खरिद गरेर यस वर्ष राइड एन्ड फ्लाई’ नामक अफर ल्याएको छ । जसअनुसार अफरअन्तर्गत ग्राहकले टारोका हरेक मोटरसाइकल तथा स्कुटर खरिदमा माउन्टेन फ्लाइटको सुविधा पाउनेछन् । साथै मोटरसाइकल खरिदपछि कम्पनीको तर्फबाट फुल इन्स्योरेन्स र हेल्मेट पाउन सक्ने तथा स्कुटर खरिदमा तेस्रो पक्ष बिमा र हेल्मेट पाइने जनाइएको छ ।
१०. हिरो
हिरो बाइक तथा स्कुटरको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङ (एनजीएम) ले ‘यस २०८० सालमा चढ्नुहोस् हिरो स्टाइलमा’ नामक नयाँ वर्ष अफर सार्वजनिक गरेको हो । उक्त अफरमा ग्राहकले अधिकतम एक लाख रुपैयाँसम्मको छुट पाउने छन् । यस अफर योजनामा हिरोको कुनै पनि बाइक तथा स्कुटर खरिद गर्दा ७ हजार रुपैयाँ नगद छुट पाइने कम्पनीले जनाएको छ ।
कम्पनीले डिस्काउन्ट स्क्र्याच कुपनको पनि व्यवस्था गरेको छ, जसमा बम्पर उपहारमा १ लाख रुपैयाँ जित्न सकिने बताइएको छ । यो अफर बैशाख १७ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।
११. चांगन
चांगन अटो नेपालले ‘नयाँ साल, साह्रै बब्बाल अफर’ ल्याएको छ । चांगन अटो नेपालले प्रिमियम सेडान ‘एल्सभिन र प्रिमियम पिकअप हन्टर लिन इच्छुक ग्राहकहरुका लागि यस अन्तर्गतको आकर्षक अफर सार्वजनिक गरेको हो । यो अफर २०८० बैसाख १ देखि शुरु भई २०८० बैसाख ३१ सम्मको लागि लागु हुनेछ । यस अफर अन्तर्गत चांगनको कुनै पनि सवारी साधनको खरिदमा ग्राहकले सिंगापुर र मलेसियाको ५ रात र ६ दिनको लागि वैदेशिक भ्रमण वा एप्पलको उत्पादन (आईफोन, आईवाच र एयर पोड) जित्न सक्ने छन् ।
यसका साथै चांगनको कुनै पनि सवारी साधनको खरिदमा ५० हजार रुपैयाँ सम्मको फेस्टिभ बोनस तथा स्क्र्याच कार्ड मार्फत ५० हजार रुपैयाँ सम्मको थप छुट पाउन सक्ने छन् ।
यसैगरी आफ्नो कुनै पनि ब्रान्डको सवारी साधन साट्न इच्छुक ग्राहकले भने थप २ लाख रुपैयाँ सम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्ने छन् । चांगन अटो नेपालले टेस्ट राइड गर्ने ग्राहकलाई आकर्षक उपहार तथा हरेक हप्ता एक भाग्यमानी विजेतालाई १ रात र २ दिन को लागि नगरकोटमा होलिडे प्याकेजको व्यवस्था पनि मिलाएको छ ।































प्रतिक्रिया