२०८० मा सुधार हुन्छ सेयर बजार ? के छन् आधार ?

२०८० मा सुधार हुन्छ सेयर बजार ? के छन् आधार ?

केन्द्रबिन्दु
0
Shares

२०७९ सालमा कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक १.४८ प्रतिशत घटेर १ हजार ९३४.४७ विन्दुमा कायम भयो । बुधवार ४.९३ प्रतिशतले बढेको बजार बिहीवार १.४८ प्रतिशतले घट्नु सामान्य नै भएको जानकारहरुको बुझाइ छ । 

वैशाखदेखि निक्षेपको ब्याजदर घट्दै छ भने बिस्तारै कर्जाको ब्याजदर पनि घट्नेछ । राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको अर्थतन्त्रको पछिल्लो तथ्यांक हेर्ने हो भने  प्रमुख सूचकहरू सकारात्मक बन्दै गएको देखाएको छ । 

विगत ६ महिनादेखि अन्योल अवस्थामा रहेको नयाँ स्टक एक्सचेन्ज, ब्रोकर लाइसेन्स र कमोडिटी लाइसेन्स वितरण प्रक्रिया अघि बढ्ने भएको छ । यी कारणले गर्दा २०८० को सेयर बजारको यात्रा सकारात्मक रहन्छ भन्ने कुरामा लगानीकर्ताहरू विश्वस्त देखिन्छन् । 

बिहीवार २७० धितोपत्रको ४९ लाख १३ हजार ७०२ कित्ता सेयर १ अर्ब ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सेञ्जले जनाएको छ ।कारोबारमा आएका धितोपत्रमध्ये तीन धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । सेयर मूल्य सर्किट लाग्नेमा आदर्श लघुवित्त, वित्तीय संस्था, कालिञ्चोक दर्शन लिमिटेड र मोलुङ्ग हाइड्रोपावर रहेका छन् । 

यसदिन सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । फण्डको इकाई मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ५.५० प्रतिशत घटेर ८.०८ रुपैयाँ कायम भएको छ । त्यस्तै दोस्रोमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ४.९४ प्रतिशत घटेर ४६०.१० रुपैयाँ कायम भएको छ । 

बिहीवार शिवम् सिमेन्ट्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २ लाख ४ हजार ८३७ कित्ता शेयर  ८ करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा हिमालयन डिष्टिलरीको ६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । 

Skip This
Skip This
Logo