व्यक्तिगत घटना दर्ता सप्ताहको आज दोस्रो दिन

व्यक्तिगत घटना दर्ता सप्ताहको आज दोस्रो दिन

केन्द्रबिन्दु
0
Shares

व्यक्तिगत घटना दर्ता सप्ताहको शनिबार दोस्रो दिन रहेको छ। देशभर शुक्रबारबाट सुरु भएको व्यक्तिगत घटना दर्ता सप्ताहको शनिबार दोस्रो दिन हो।  शुक्रबारदेखि ७ वैशाखसम्म देशैभर व्यक्तिगत घटना दर्ता सप्ताह सञ्चालन भएको छ।

१ वैशाखबाट गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले व्यक्तिगत घटना समयमै दर्ता गराउन नागरिक जागरुक गराउन सप्ताहव्यापी अभियान सुरु गरेको हो। 

जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँ सराइजस्ता व्यक्तिगत घटना, घटना भएको ३५ दिनभित्र दर्ता गराउन विभागले आग्रह गरेको छ। 
 

Skip This
Skip This
Logo