रविविरुद्द फेरी अख्तियारमा उजुरी दर्ता

रविविरुद्द फेरी अख्तियारमा उजुरी दर्ता

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध फेरी अख्तियारमा उजुरी परेको छ। बैशाख १ गते अर्थात शुक्रबार रविविरुद्ध कञ्चनपुरका पत्रकार खेम भण्डारीले अनलाइनमार्फत अख्तियारमा उजुरी हालेका हुन्।

आगामी  बैशाख १० गते हुने  उपनिर्वाचनमा चितवन-२ का उम्मेदवारसमेत  रहेका  रास्वपा सभापति  रविविरुद्धको  उजुरीमा  गृहमन्त्री हुँदा राष्ट्रिय परिचयपत्र रुजुसम्बन्धी गैरकानुनी कार्यविधी बनाएको आरोप छ। त्यस्तै उक्त कार्यविधि बनाएर भ्रष्टाचार गर्ने नियतले ठेक्का आह्वान गरिएकोकोले सो विषयउपर उजुरी दिइएको उल्लेख छ ।

Logo