एसिया कपमा भारत र पाकिस्तानजस्ता विश्व क्रिकेटका महारथी टोलीसँग खेल्ने सपनासहित नेपाली क्रिकेट टोलीले एसिसी प्रिमियर कपका लागि आफ्नो तयारी तीव्र बनाएको छ ।
एक महिने लिग–२ को यात्रापछि केही दिनको विश्राम लिएको नेपाली क्रिकेट टोलीले मुख्य प्रशिक्षक मोन्टी देशाई नेपाल फर्किएलगत्तै प्रशिक्षणमा जुटेको हो । १० राष्ट्र सम्मेलित एसिसी प्रिमियर कपमा ५–५ टोलीलाई दुई समुहमा विभाजन गरिएको छ । जहाँ नेपाल रहेको समुह ‘ए’ मा ओमान, मलेसिया, कतार र साउदी अरेबिया छन् । समुह ‘बी’ मा यूएई, हङकङ, कुवेत, बहराइन र सिंगापुर छन् ।
यहि वैशाख ५ देखि १८ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुने एसिसी प्रिमियर कप विजेता टोलीले २ सेप्टेम्बरदेखि पाकिस्तानमा हुने ६ टोली सम्मिलित एसिया कप खेल्नेछ । एसिया कपमा एसियाली क्रिकेट काउन्सिलका पाँच पूर्ण सदस्य राष्ट्र अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंकाले भाग लिनेछन् । जसका लागि एक राष्ट्र एसिसी प्रिमियर कपबाट छनौट भई पाकिस्तान यात्रामा जाने मौका पाउनेछ ।
यसअघि एसिसी प्रिमियर कप वैशाख ११ गतेबाट सञ्चालन हुने भनिएता पनि एसिसीले खेल तालिका अघि तानेको छ । नेपालले वैशाख ५ गते मलेसियाविरुद्ध त्रिवि मैदानमा खेल्दै एसिसी प्रिमियर कपको सुरुवात गर्नेछ । यस्तै दोस्रो खेल ओमानविरुद्ध वैशाख ८, तेस्रो खेल साउदी अरेबियाविरुद्ध वैशाख ११ र लिगको अन्तिम खेल वैशाख १४ गते कतारविरुद्ध खेल्नेछ ।
आईसीसी पुरुष क्रिकेट विश्वकप प्ले अफको यात्रा अघि नेपालका लागि वर्मअफ म्याचका रुपमा हेरिएको यो प्रतियोगितामा सकारात्मक नतिजा निकाल्न हरसम्भव प्रयास गर्ने देखिन्छ ।
जिम्बाब्बेमा मार्च २६ देखि ५ अप्रिलसम्म आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप प्ले अफको यात्रा अघि नेपालका लागि वर्मअफ म्याचका रुपमा हेरिएको यो प्रतियोगितामा सकारात्मक नतिजा निकाल्न हरसम्भव प्रयास गर्ने देखिन्छ । टन्टलापुर घाममा घरेलु मैदानमा नेपाल मोन्टी देशाइको प्रशिक्षण र रोहित पौडेलको कमानीमा मैदान उत्रनेछ । मैदान बाहिरको नेतृत्व देशाई र मैदान भित्रको नेतृत्व पौडेलले सम्हालेपछि नेपाल एकपछि अर्को खेलमा सुधारिएको प्रदर्शन गरिरहेको छ । फलस्वरुप लिग २ का १२ मध्ये ११ खेलमा नेपाल सनशनीपूर्ण जित निकाल्न सफल भयो ।
देशाईले सम्हालेपछि नेपाल असम्भव लाग्ने लक्ष्यहरु समेत सहजै प्राप्त गर्न सफल भइरहेको छ । नेपालको ओपनिङ जमेको छ । ब्याटिङ लाइनअप सुधारिएको छ । एसिसी प्रिमियर कपमा नेपालले विशेषगरी बलिङमा ध्यान दिनुपर्ने देखिन्छ । नेपाललका मुख्य बलरहरु नै लिग–२ का खेलहरुमा डेथ ओभरमा नराम्रोसँगले पिटिएका थिए । जुन गल्ती आगामी खेलमा बलरलाई गर्ने छुट छैन । सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, कुशल मल्ल र गुल्सन झा यूएई विरुद्ध नराम्रोसँग चुटिएका थिए । तर घरेलु मैदानमा कसिलो बलिङ गरे नेपालले क्रिकेट इतिहासमा अर्को छलाङ मार्नेछ ।





























प्रतिक्रिया