मनाङलाई हराउँदै जावलाखेल शीर्षस्थानमा

मनाङलाई हराउँदै जावलाखेल शीर्षस्थानमा

केन्द्रबिन्दु
0
Shares

जावलाखेल युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ–मर्स्याङ्दी क्लबमाथि सहज जित हात पारेको छ । 

च्यासल मैदानमा शनिबार भएको खेलमा जावलाखेलले मनाङमाथि ३–० को जित निकालेको हो । जावलाखेलको जितमा एनकोटो मासोएवीले दुई तथा फोडे फोफानाले एक गोल गरे । खेलमा आक्रमण बुन्न नसक्दा मनाङले भने गोलको अवसर नै पाएन । 

जितसँगै जावलाखेल ९ खेलबाट १७ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । पराजित मनाङ भने १५ अंक जोडेर तेस्रो स्थानमा झरेको छ ।

Skip This
Skip This
Logo