इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पन्जाब किङ्सले तेस्रो जित निकालेको छ ।भरत रत्न श्री अटल बिहारी क्रिकेट स्टेडियममा शनिबार राति लखनउ सुपर जायन्ट्सलाई २ विकेटले हराउँदै पन्जाबले तेस्रो जित निकालेको हो ।
लखनउले दिएको १ सय ६० रनको लक्ष्य पन्जाबले १९ ओभर ३ बलमा ८ विकेट गुमाएर १ सय ६१ रन जोड्दै पूरा गरेकाे थियाे । जितसँगै पन्जाबले ५ खेलमा ६ अंक जोडेको छ । पन्जाब चौँथो स्थानमा उक्लिएको छ। लखनउ ६ अंक नै जोडेर दोस्रो स्थानमा रहेको छ ।





























प्रतिक्रिया