एनसेल प्रिजेन्टस्१६ औँ दरवारमार्ग सडक महोत्सव सम्पन्न

एनसेल प्रिजेन्टस्१६ औँ दरवारमार्ग सडक महोत्सव सम्पन्न

केन्द्रबिन्दु
0
Shares

नयाँ वर्ष २०८० को अवसरमा शनिवार काठमाडौँको दरवारमार्गमा आयोजित एनसेल प्रिजेन्टस १६ औँ दरवारमार्ग सडक महोत्सव पर्पल स्याटर्डे भव्य रुपमा सम्पन्न भएको छ ।

“नेपाली उत्पादन हाम्रो शान, सभ्यता र संस्कृति जोगाउनु हाम्रो काम”भन्ने नाराका साथ यो महोत्सव आयोजना गरिएको थियो ।नेपाल उद्योग वाणिज्य महासंघ, दरवारमार्ग विकास बोर्ड र रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) ले एनसेलसँग महासंघको विषेश सहकार्य र मुख्य प्रायोजनमा यो महोत्सव आयोजना गरेको हो । 

संस्कृति, पर्यटन तथा नागरीक उड्यनमन्त्रि सुदन किराती, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ,एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ, दरवारमार्ग विकास बोर्ड र रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) का पदाधिकारीहरुले संयुक्त रुपमा महोत्सवको उद्घाटन गरेका थिए । 
 
आन्तरिक पर्यटनलाई प्रवर्द्धन  गरि देशको पर्यटन विकासमा टेवा पु-याउने, लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योगको मनोबल उच्च राख्ने, नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवर्द्धन  गर्ने, काठमाडाैँ महानगरपालिका भित्रको सांस्कृति प्रवर्द्धन  एवं संरक्षणमा सहयोग गर्ने यस महोत्सवको मुल उद्देश्य रहेको थियो । 

यस महोत्सवमा चर्चित गायक गायिका, कलाकार तथा सांगितिक समुहहरुले आ-आफना प्रस्तुति राखेका थिए। पछिल्लो पटक देखिएको तरलता संकट लगायत विविध कारणले थलिएको अर्थतन्त्र, पर्यटन व्यवसायलाई कसरी चांडोभन्दा चांडो पुनरुत्थान, नव उत्थानमा लैजान सकिन्छ भनि निरन्तर काम भैरहेको सन्दर्भमा महोत्सवले यो प्रयासमा निकै ठूलो सहयोग गर्ने जनाइएको छ । 

Logo