महासंघमा मेलमिलाप केन्द्र स्थापना गर्ने नवनिर्वाचित अध्यक्ष ढकालकाे निर्णय

महासंघमा मेलमिलाप केन्द्र स्थापना गर्ने नवनिर्वाचित अध्यक्ष ढकालकाे निर्णय

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले मेलमिलाप केन्द्र स्थापना गर्ने पहिलो निर्णय गरेका छन् ।

आइतबार महासंघको केन्दीय कार्यालय टेकुमा पदभार ग्रहण गर्दै नवनिर्वाचित ढकालले महासंघमा मेलमिलाप केन्द्र स्थापना गर्ने निर्णय गरेका हुन् । महासङ्घको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्थाअनुसार गत चैत २८ र २९ गते काठमाडौँमा सम्पन्न ५७औँ साधारणसभा मार्फत महासङ्घको २०औँ अध्यक्षमा उनी निर्वाचित भएका थिए । 

महासंघको नवनिर्वाचित अध्यक्षको रुपमा ढकालले अबको कार्यकालमा पाँच वटा विषयहरु पहिलो–वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने,दोस्रो–लगानीको वातावरण बनाउने, तेस्रो– राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्ने, चौथो– दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने,र पाँचौ– व्यवसायीहरुको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने कामलाई प्राथमिकतामा राखेको उल्लेख पनि गरेका छन् । 

Skip This
Skip This
Logo