नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकालले इमान्दार भएर काम गरे स्वतः परिणाम देखिने बताएका छन् ।
आइतबार महासंघको केन्दीय कार्यालय टेकुमा अध्यक्षको रुपमा औपचारिक पदभार ग्रहण गर्दै ढकालले आफूले इमान्दार भएर काम गर्ने र त्यसले स्वतः राम्रो परिणाम देखिने बताएका हुन् । नेपालका लागि आउने दिनहरु निकै नै राम्रो भएको उनको विश्वास छ ।
पदभार ग्रहणपछि उनले भने ‘यदि इमान्दार भएर काम गर्ने हो भने परिणाम आफैँ देखिन्छ । मेरो हिसाबमा नेपालमा अवसर नै अवसर छ जस्तो लाग्छ । आउने दिनहरु सबैको लागि राम्रो हुन्छ ।’
मुलुकको वर्तमान स्थिति सकरात्मक बन्दै गएको बताएका उनले सबैले सकारात्मक निरन्तरता दिने हो भविष्य उज्ज्वल रहेको बताए ।
सो क्रममा अध्यक्ष ढकालले मेलमिलाप केन्द्र स्थापना गर्ने पहिलो निर्णय गरेका छन् । साथै उनले अबको कार्यकालमा पाँच वटा विषयहरु पहिलो–वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने,दोस्रो–लगानीको वातावरण बनाउने, तेस्रो– राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्ने, चौथो– दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने,र पाँचौ– व्यवसायीहरुको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने कामलाई प्राथमिकतामा राखेको उल्लेख पनि गरेका छन् ।





























प्रतिक्रिया