नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको तयारी थाल्ने बताएका छन् ।
आइतबार शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएर सिंहदरवारस्थित मन्त्रालयलमा पदभार गर्दै मन्त्री साउदले अब प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तयारी थाल्ने बताएका बताएका हुन् । यसका लागि कर्मचारीसँग छलफल गर्ने उनको भनाइ छ ।
‘भर्खरै म कार्यालयमा आएको छु । सचिवज्यू त्यसमा संलग्न हुनुहुन्छ ब्रिफिङ लिन्छु । त्यसपछि मात्रै थाहा हुन्छ ।’ उनले भने ‘मैले कार्यभार सम्हालेको छु। अब प्रधानमन्त्रीको भारत भ्रमणबारे गृहकार्य अघि बढ्छ।’
साथै नवनियुक्त परराष्ट्रमन्त्री साउदले, छिमेकी देशसँगको सम्बन्ध घनिष्ट बनाउने प्रतिवद्धता जनाएका छन् । आफ्नो प्राथमिकता सन्तुलित परराष्ट्रनीति भएको उनको भनाइ छ । ‘नेपाल शान्तिपूर्ण मुलुक हो। संसारका सबै देशसँग नेपालको शान्तिपूर्ण र सौहार्द सम्बन्ध रहिआएको छ’, उनले भने, ’आगामी दिनमा पनि विश्वभरका देशहरू र छिमेकीसँग पनि सम्बन्ध घनिष्ठ बनाउँदै लान्छौँ।’
प्रधानमन्त्री प्रचण्डले आज आठौं पटक मन्त्रिपरिषद् विस्तार गर्दै परराष्ट्रमन्त्रीमा साउदलाई नियुक्त गरेका हुन् ।
कांग्रेस केन्द्रीय सदस्य साउद यसअघि २०७० सालमा सिँचाईमन्त्री र विसं २०५७ मा शिक्षा तथा खेलकुद राज्यमन्त्री भएका थिए । कांग्रेस नेता साउँद विसं २०५६ र २०७० मा कञ्चरपुरको क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनी गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा कञ्चनपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।































प्रतिक्रिया