नबिल बैंकका शाखा कार्यालयमा महिला उद्यमीका उत्पादनको लागि स्टल

नबिल बैंकका शाखा कार्यालयमा महिला उद्यमीका उत्पादनको लागि स्टल

केन्द्रबिन्दु
0
Shares

महिला उद्यमी सशक्तीकरण र नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने सवालमा महिला उद्यमीको वित्तीय पहुँच विस्तारको लागि नबिल बैंक र महिला उद्यमी महासंघ (एफविन) बिच साझेदारी गरिएको छ । 

साझेदारी पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना तथा एफविनका तर्फबाट अध्यक्ष निरु रायमाझी खत्रीले हस्ताक्षर गरेका छन् ।

यो समझदारी अन्तर्गत नबिल बैंकले आफ्नाे बैंकको शाखा कार्यालयहरूमा महिला उद्यमीका उत्पादनको लागि स्टल उपलब्ध गराउने भएको छ । एफविन अन्तर्गतका महिला उद्यमीलाई नबिल बैंकको नबिल स्कुल अफ सामाजिक उद्यमशीलता (एनएसएसई) कार्यक्रम सम्बन्धी जानकारी तथा तालिममा सहभागी गराउने, साझेदारीमा उल्लेख छ।

समझदारीअनुसार पहिलो चरणमा एफविनले महिनामा एकपटक नबिल बैंकमा स्टल लगाउने छ । यो स्टलमा नेपाली उद्यमीद्वारा उत्पादित उत्पादनहरू रहनेछन् । यसप्रकारको नेपाली उत्पादनहरूले नबिलका कर्मचारी र ग्राहकहरूको नेपाली उत्पादनहरूप्रति सकारात्मक व्यवहार परिवर्तन गर्न मद्दत गर्ने अपेक्षा राखिएको छ। 

वित्तीय पहुँच, उद्यमशीलता र वित्तीय साक्षरता तालिमले महिला सशक्तीकरणलाई बढवा दिने विश्वास राखिएको छ। यस साझेदारी अन्तर्गत दिगो विकासका  एक,पाँच,आठ र सत्र नम्बरका लक्ष्यहरू लागू हुन्छन्।

Skip This
Skip This
Logo