आज गण्डकी र कर्णालीमा क्षणिक वर्षा, तराईमा हावाहुरी

आज गण्डकी र कर्णालीमा क्षणिक वर्षा, तराईमा हावाहुरी

केन्द्रबिन्दु
0
Shares

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सोमबार गण्डकी र कर्णालीमा क्षणिक वर्षा र तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेको जनाएको छ । सोमबार दिउँसो  देशका पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहने महाशाखााले जनाएको छ ।

महाशाखाका अनुसार देशका गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरु र बाँकी पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

साथै तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ। सोमबार राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

Logo